08:01:02 am 19-Aug-2019

एनआईसी एशिया बैंक र सेल पेबीच सम्झौता


एनआईसी एशिया बैंक र सेल पेबीच सम्झौता

काठमाडौं-एनआईसी एशिया बैंकले सेल पेसँग सम्झौता गरेको छ । सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो । यसबाट मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीहरुका बिल, बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर गर्न सकिन्छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेल पेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे ।

Ad

यस सम्झौतासँगै सेल पेमा ग्राहकहरुले एनआईसी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा १ सय रुपैयाँ बराबरको मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् । लिंक गरेको खाताबाट भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन । यसका साथै विभिन्न बिल भुक्तानी गर्दा थप क्यास ब्याक अफर पनि यो सुविधामा उपलब्ध रहेको छ । सेल पे सर्भिस प्रयोगसँगै ग्राहकहरुले छिटो छरितो रुपमा सेवा सुविधा उपयोग गर्न सक्नेछन् । जसबाट ग्राहकहरुको डिजिटल बैंकिङ्गको प्रयोगतर्फ आकर्षण र सक्रियता बढाउने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३१९ एटिएम, ५३ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । बैंकका १७ लाखभन्दा बढी ग्राहक छन् ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM