04:03:44 pm 17-Feb-2019

शिखरको जुत्ता सेल मेला आज सकिँदै, सस्तोमा किन्ने अन्तिम अवसर


शिखरको जुत्ता सेल मेला आज सकिँदै,  सस्तोमा किन्ने अन्तिम अवसर

काठमाडौं– शिखर सुजको सेल जुत्ताचप्पल सेल मेला बुधबार सकिने भएको छ । भृकुटीमण्डपको गेटमै रहेको खाली ठाउँमा भइरहेको शिखरको सेल मेला बुधबार अन्तिम हुने शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए । मेलामा निशुल्क प्रवेशको ब्यवस्था छ ।  शिखरले मेलामा १७५ रुपैयाँमै जुत्ता उपलब्ध गराइरहेको छ । यस्तै २५० रुपैयाँमा जाडोको जुत्ता, ५ सय रुपैयाँमा विद्यार्थीको युनिफर्म जुत्ता, १ हजार रुपैयाँमा स्पोर्टस् सुज, ५ सय रुपैयाँमा छालाका एक जोडी चप्पल उपलब्ध गराइरहेको जनाएको छ । मेलामा यसअघि ५ सय रुपैयाँमा एक जोर उपलब्ध गराउँदै आएको महिलाको कपडाको जुत्ता अब त्यही मूल्यमा दुई जोर उपलब्ध गराउने शिखरका प्रबन्ध निर्देशक प्रसाईले बताए । सस्तोमा पाउने भएपछि यतिखेर जुत्ताचप्पल किन्नेहरुको शिखरको विन्टर मेलामा भिड लागेको छ । मेलामा पुगेकाहरुले सस्तोमा भारी छुटमा पाएपछि झोलाभरि जुत्ताचप्पल किनेर निस्कँदै गरेका देखिन्छन् । अधिकांश मेलामा पुरुषका लागि मात्र जुत्ताचप्पल हुने गरेकामा यस पटक शिखरले महिलालाई लक्षित गरेर विभिन्न मोडलका जुत्ताचप्पल मेलामा राखेको छ । शिखरको एकल सेल मेलालाई ग्राहकले मौकाको रुपमा लिएका छन् । यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेको शिखर सुजकी संचालिका संगिता कडरिया प्रसाईंले बताइन् । ‘यति सस्तो मूल्यमा अरु बेला जुत्ताचप्पल पाइँदैन’ उनले भनिन् । मेलामा असामान्य मूल्यमा जुत्ता बिक्री भइरहेको उनको दावी छ । शिखरले विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै सार्बजनिक गरेको प्रसाईंले जानकारी दिइन् । नयाँ जुत्तामा समेत शिखरले १५ प्रतिशतभन्दा बढी छुट दिइरहेको छ । शिखरको मेलामा पार्टी सुज, स्पोर्टस् सुज, युनिफर्म सुज, क्याजुअल सुज, स्कुल कलेजलगायत सबै प्रकारका जुत्ता उपलब्ध छन् । यहाँ ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल रहेको प्रसाईले बताइन् ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]