09:47:30 pm 13-Dec-2018

राजधानीमा विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो सुरु

पहिलो दिन २५ हजारले गरे अबलोकन, नविनतम प्रविधिमा अवलोकनकर्ताको भिड


<span class="entry-title-primary">राजधानीमा विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो  सुरु</span> <span class="entry-subtitle">$पहिलो दिन २५ हजारले गरे अबलोकन, नविनतम प्रविधिमा अवलोकनकर्ताको भिड</span>

काठमाडौं–नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले राजधानीको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’ बिहिबार शुरु भएको छ । मेलाको शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले उद्घाटन गरे । मेलाको यो दोश्रो संस्करण हो । मेला मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।
मेलाको पहिलो दिन बिहीबार २५ हजार जनाले अबलोकन गरे । मेलामा निर्माण सामग्रीका नविनतम प्रविधि, उत्पादनहरु, पेन्टस्, सिमेन्ट, फर्निचर, पाइप एन्ड फिटिंग्स्का स्टलहरुमा घर निर्माण गर्न चाहने अबलोकनकर्ताको भिड लागेको थियो ।
मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम प्रविधिहरु प्रदर्शनमा राखिएका छन् । मेलामा ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट उत्पादक, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथा मार्बल, विद्युतीय समग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायतको १ सयभन्दा बढी स्टल छन् ।
‘मेलामा हामीले उत्पादन सामग्रीका साथै सुरक्षित आवास निर्माण गर्ने तरिकाबारे अबलोकनकर्तालाई सल्लाहसमेत उपलब्ध गराउछौं’, मेला सहआयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले भने, ‘अबलोकन गर्न मेलामा आउनेले घर निर्माणमा आवश्यक पर्ने सम्पर्ण बस्तु तथा सेवाबारे जानकारी पाउने छन् ।’
इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक तथा बिक्रेता लगायत सबै सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचना दिने उद्दश्यले मेला आयोजना गरिएको मेलाको मुख्य आयोजक युथ कम्यनिटी फर नेप्लिज कन्ट्रयाक्टर्स (वाइसिएनसी) का अध्यक्ष आनन्द सुबेदीले जानकारी दिए । उनका अनुसार मेलामा दैनिक रुपमा सेमिनारसमेत आयोजना गरिनेछ । त्यसमा भवन निर्माणसग सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । मेला अबलोकनकर्ताको आवास तथा निर्माणसम्बन्धी कुनै जिज्ञासा भए सम्बन्धित विज्ञले सम्बोधन गर्ने गरी प्रश्नउत्तरको समेत व्यवस्था गरिएको उनले बताए । मेलामा मंसिर ७ गते हरित निर्माण र मंसिर ८ गते निर्माणको गुणस्तर र उत्कृष्ट अभ्यासबारे दिउसो १ बजेदेखि डेढ घन्टा प्राविधिक छलफल हुने छ ।
मेलामा विभिन्न निर्माण सामग्री उत्पादक कम्पनीहरुले विशेष छुटको ब्यवस्था गरेका छन् । विन्दु हार्डवेयरले एउटा सामान किन्दा एउटा सित्तैमा दिने अफर ल्याएको छ । एउटामात्र सामान किन्दा पनि ग्राहकले २० देखि ५० प्रतिशतसम्म छुट पाउने छन् ।
नेपाल भूकम्पीय जोखिमयुक्त क्षेमा रहेको छ । त्यसैले सुरक्षित आवास निर्माणबारे सचेतता अपनाउनु आवश्यक छ । यसका साथै नेपालको विशिष्ट भौगोलिक अवस्थितीका कारण उत्पन्न हुनसक्ने प्राकृतिक जोखिमप्रति यथोचित ध्यान पुर्याई दिगो निर्माणको बाटोमा लाग्नु अपरिहार्य भएको छ । यसप्रति आममानिस पनि निकै सचेत देखिन थालेका छन् । यस्तो मेलाले फरक भौगोलिक अवस्थितिमा भौतिक निर्माणका लागि आवश्यक फरक प्रविधि, सिप र निर्माण सामाग्रीबारे सही सूचना एवं जानकारी दिन मद्दत पुर्याउने आयोजकको अपेक्षा छ ।
युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर्स (वाइसिएनसी) को मुख्य आयोजनामा भएको मेलाको सहआयोजकमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिंङ आर्किटेक्चरल एन्ड इन्जिनियरिंग फर्म र ब्राण्डवर्थ प्राली रहेका छन् ।
मेलाको मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् र प्रायोजक क्षमादेवी बिल्डिङ् मेटेरियल्स् रहेको छ । मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेको छ ।
मंसिर ६ गतेदेखि ४ दिनसम्म दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मेलाको अवलोकन गर्न सकिनेछ । मेलास्थलमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलाको २ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]