04:09:44 pm 17-Feb-2019

क्लासिक टेकले ल्यायो महाझड्का अफर, घरेलु ग्राहकलाई ४३ प्रतिशत छुट


क्लासिक टेकले ल्यायो महाझड्का अफर, घरेलु ग्राहकलाई ४३ प्रतिशत छुट

काठमाडौं-ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले उपभोक्ताहरुका लागि क्लासिक टेकको महाझट्का अफर ल्याएको छ । यस योजनामा बार्षिक ग्राहकले क्लासिक टेकको ३० एमबिपिएस इन्टरनेट सेवा ४३ प्रतिशत छुटमा पाउने छन् । यसको शुल्क प्रति महिना मात्र ७ सय ८६ रुपैयाँमा पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफरअन्तर्गत नयाँ उपभोक्तालाई विना डिपोजिट निशुल्क जडान र निशुल्क फाइवर वायरसमेत उपलब्ध गराइने छ । यो ओफर घरेलु ग्राहकलाइ सीमित अबधिका लागि उपलब्ध हुने कम्पनील्े जनाएको छ । क्लासिक टेकले ४० एमबिपिएस र ६० एमबिपिएस स्पिडका प्याक पनि बिशेष छुटमा उपलब्ध गराइरहेको छ ।
क्लासिक टेकको फाइबर इन्टरनेट विश्वकै उत्कृष्ट जिपोन प्रबिधिमा आधारित छ । कम्पनीले फेसबुक, गुगल, अकामाइजस्ता एपको सर्भर आफैंले होस्ट गरेको छ । इन्टरनेटको अन्तराष्ट्रिय ब्याण्डविथ आफैले विभिन्न नाकाहरुबाट फाइबरमार्फत भित्र्याइरहेकको कम्पनीले जनाएको छ । क्लासिकले ७४ जिल्लामा आफ्नो संजाल विस्तार गरेको छ । यस्तै देशभर २० भन्दा बढी शाखाहरुबाट सेवा प्रदान गरिरहेको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]