09:27:26 pm 13-Dec-2018

हस्तकलामा सक्रिय ८० बर्षिया सुवेदीलाई सम्मान


हस्तकलामा सक्रिय ८० बर्षिया सुवेदीलाई सम्मान

काठमाडौं–नेपाल हस्तकला महासंघले हस्तकला ब्यवसायमा लामो समयदेखि सक्रिय ८० बर्षिया सावित्री सुवेदीलाई सम्मान गरेको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘हस्तकला व्यापार मेला’ को उद्घाटनका अबसरमा उहाँलाई सम्मान गरिएको हो । बृद्धा सुवेदीले हस्तकलाको सामाग्री उत्पादनमा आधा दशक अघिदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ । महासंघले आयोजना गरेको मेला उद्घाटन अबसरमा प्रमुख अतिथि अर्थमन्त्री युवराज खतिवडाले सुवेदीलाई सम्मान गरे ।
राजधानीमा १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता बुधबारबाट सुरु भएको हो । आइतबारसम्म चल्ने मेलामा करिव १ सय ७० वटा स्टल रहका छन । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुको करिव २० वटा स्टल रहेको मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिए ।
मेलामा उत्कृष्ट हुने स्टललाई ५० हजार नगदसहित पुरस्कारको व्यवस्था गरिएको छ । मेलामा काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मेलामा मुख्य आकर्षणमा रुपमा राखिएका छन । मेलामा करिव १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]