07:42:28 am 24-Jan-2019

शिखरको जुत्ताचप्पल सस्तोमा किन्न ओइरिए ग्राहक, २५०० मा दुई जोडी बुट (फोटोफिचर)


शिखरको जुत्ताचप्पल सस्तोमा किन्न ओइरिए ग्राहक, २५०० मा दुई जोडी बुट (फोटोफिचर)

काठमाडौं–राजधानीको भृकुटीमण्डपमा जारी शिखर सुजको सेल मेलामा यतिखेर जुत्ताचप्पल किन्नेहरुको भिड लागेको छ । मेलाको सुरुआतमै जाँदा रोजेका जुत्ता पाइने भएकाले ग्राहकको भिड लागेको हो ।
मेलामा भेटिएका चाबहिलका रमेश भुजेल दुवै हातमा झोलाभरि जुत्ताचप्पल किनेर मेलाबाट निस्कँदै थिए । उनी शिखरको सेल मेला कहिले लाग्छ भनेर कुरेर बसेका रहेछन् । मेला सुरु भयो भन्ने थाहा पाउनासाथ जुत्ताचप्पल किन्न आएको हुँ, उनले भने, मेला लाग्नासाथ आउँदा आफूलाई चाहिने जुत्ता छानीछानी किन्न पाइन्छ । पछि आउँदा अरुले छानेर बाँकी रहेका मात्र भेटिन्छ । उनले आफूलाई बर्षभरिका लागि जुत्ता किनेको बताए । सिन्धुलीबाट आएका लोकहरि आचार्यले भृकुटीमण्डपमा जारी शिखरको सेल मेलामा ५ जोर जुत्ता किने । उनले बजारमा भन्दा निकै सस्तो जुत्ता पाएकाले परिवारका सबै सदस्यका लागि किनेका थिए । ‘मैले बजारमा भन्दा मेलामा जुत्ताचप्पल निकै सस्तोमा पाएँ’, उनले भने, त्यसैले परिवारकै लागि पुग्ने गरी किने ।
मेलामा महिला ग्राहकको समेत निकै भिड लागेको छ । महिलाका लागि आकर्षक, जाडोका लागि उपयुक्त र फेसनेवल बेली जुत्ता शिखरले मेलामा राखेको छ । बनेपाबाट आएकी रश्मी प्रजापतिले आफ्ना लागि ३ जोर जुत्ता र २ जोर चप्पल किनेको बताइन् । बजारमा छान्दै हिँड्न पथ्र्यो, उनले भनिन्, मेलामा किन्दा निकै सस्तो महसुस भयो । त्यही जुत्ताचप्पल बजारमा दोब्बर तिर्नु पथ्र्यो । त्यसैले मैले बर्षभरिका लागि किने । शिखरको एकल सेल मेलालाई ग्राहकले मौकाको रुपमा लिएका छन् ।
‘हामीले यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेका छौं,’ शिखर सुजकी संचालिका संगिता कडरिया प्रसाईंले भनिन्, ‘यति सस्तो मूल्यमा अरु बेला जुत्ताचप्पल पाइँदैन ।’ मेलामा असामान्य मूल्यमा जुत्ता बिक्री भइरहेको उनको दावी छ । मेलामा १ सय ७५ रुपैयाँदेखिका जुत्ताचप्पल छन् । शिखरले २५० रुपैयाँमा जाडोको जुत्ता, ५ सय रुपैयाँमा विद्यार्थीको युनिफर्म जुत्ता, ४ सय रुपैयाँमा महिलाका फेसननेवल जुत्ता, १ हजार रुपैयाँमा स्पोर्टस् सुज, २५०० रुपैयाँमा दुई जोडी बुट उपलब्ध गराइरहेको छ । शिखरले विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै सार्बजनिक गरेको प्रसाईंले जानकारी दिइन् । नयाँ जुत्तामा समेत शिखरले १५ प्रतिशतभन्दा बढी छुट दिइरहेको छ ।
शिखरको मेलामा पार्टी सुज, स्पोर्टस् सुज, युनिफर्म सुज, क्याजुअल सुज, स्कुल कलेजलगायत सबै प्रकारका जुत्ता उपलब्ध छन् । यहाँ ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल रहेको प्रसाईले बताइन् ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]