05:31:35 pm 15-Jun-2019

हेटौंडामा सुरु भयो जुत्ताचप्पल मेला, ६० प्रतिशतसम्म छुटमा छानीछानी पाइने


हेटौंडामा सुरु भयो जुत्ताचप्पल मेला, ६० प्रतिशतसम्म छुटमा छानीछानी पाइने

हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघ र जुत्ता चप्पल उद्योग संघको संयुक्त आयोजनामा हेटौंडामा आइतबारदेखि प्रदेश स्तरीय जुत्ता चप्पल व्यापार मेला–२०७५ सुरु भएको छ ।

Ad

मुलुकका अधिकांश जुत्ताचप्पल ब्राण्डको सहभागिता हुने मेला प्रदेश नम्बर ३ स्तरको हुने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा रन, विएफ डियर हिल, क्रसरोड, काेशेली, राेयल, शुल्याणड र हाइलाइफ कम्पनीका जुत्ताचप्पल उपलब्ध छन् । हेटौंडा–२ स्थित पल्पसा हलमा हुने मृदामा ७ वटा नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीका ६० वटा स्टल रहने छन् । मेलामा अन्य स्थानीय पसलसमेत रहने छन् । दुवै गरेर करिब ८५ वटा स्टल रहने मेलामा सहभागी रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए ।

मेलामा उपभोक्ताले जुत्ता चप्पल खरिद गर्दा १५ देखि ६० प्रतिशतसम्म छुट पाउने आयोजकले जनाएको छ । मेलामा निःशुल्क पासको ब्यवस्था छ ।

जुत्ताचप्पल मेलामा नयाँ डिजाइनका जुत्ता, चप्पललगायत छालाका पर्स, बेल्टलगायतका सामग्री उपलब्ध छन् । मेलामा नेपालका ख्यातिप्राप्त कम्पनीका १ हजारभन्दा बढी मोडलका पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन छानीछानी किन्न पाइने रन सुजका न्यौपानेले बताए । मेलामा जुत्ताचप्पल उत्पादकहरुले ग्राहकलाई ६ महिनासम्म वारेन्टीसमेत उपलब्ध गराउने मेला संयोजक उपाध्यायले जानकारी दिए ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM