09:26:55 pm 07-Jul-2019

भृकुटीमण्डपको सुज ग्यालरीमा बिग डिस्काउन्ट अफर, ५०० मै जुत्ता


भृकुटीमण्डपको सुज ग्यालरीमा बिग डिस्काउन्ट अफर, ५०० मै जुत्ता

काठमाडौं-राजधानीको भृकुटीमण्डप स्थीत सुज ग्यालरीको सोरुम (रिपोटर्स क्लबअगाडि) मा ‘बिग डिस्कान्ट बिग अफर’सुरु भएको छ । ग्राहकले यो अफरअन्र्तगत २५० रुपैयाँमै चप्पल पाउने छन् । त्यस्तै ५०० रुपैयामै जुत्ता उपलब्ध गराइने ग्यालरीले जनाएको छ । अफर असार ८ गतेदेखि सिमीत अवधिसम्म चल्ने सुज ग्यालरीका अध्यक्ष भिमलाल पौड्यालले बताए ।
सुज ग्यालरीमा नेपाली चर्चित ब्राण्डहरु बिएफ् डियरहिल, कोशेली, रोयल सुज, रन सुज, क्रसरोड, म्याजीकलगायतका ब्राण्डहरु एकै छानामुनी उपलब्ध छन् । नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै प्रवर्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ विभिन्न ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनी बेच्न सुरु गरिएको ग्यालरीले जनाएको छ ।
‘बिग डिस्कान्ट बिग अफर’ सार्वजनिक गर्दै सुज ग्यालरीका अध्यक्ष भिमलाल पौडेलले भन्नुभयो, ‘हामीले नेपाली जुत्ता तथा चप्पलहरु प्रति रुचि राख्ने ग्राहकहरुको मागलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता अफरहरु ग्राहकसामु ल्याइरहेका छौं, यसैअन्र्तगत यो ‘बिग डिस्कान्ट बिग अफर’ ल्याएका र्छौ । यसले ग्राहकहरुमा नेपाली जुत्ता तथा चप्पलहरु खरिदमा आकर्षण बढ्छ भन्ने बिश्वास लिएका छौ ।’
यस ‘बिग डिस्कान्ट बिग अफर’ अन्र्तगत सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज÷स्कुल र लेडीज जेन्स, सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिने छन्् । साथै मेलामा ६ महिनाको वारेण्टी पनि रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM