03:47:31 pm 17-Feb-2019

यसै गरी गरी जुगौँ जुग बिताउ


यसै गरी गरी जुगौँ जुग बिताउ

देश लुट्ने बेलामा
सबै राजनैतिक दल एकै ठाउँ
बाहिर देख्ता नमिले जस्तो
भित्र भित्रै बाँडीचुँडी खाउँ ।

Ad

जनता चाहिँ पार्टीको निम्ती
लड्दै भिड्दै आफ्नो टाउको फुटाउ
यसै गरी बस सधैं सधैं
नेताहरूलाई अझ लुट्न सजिलो बनाउ
यसै गरी गरी जुगौँ जुग बिताउ
आफूलाई आफ्नै भूमिमा
अनि आफ्ना सन्ततिलाई
बिदेशी भूमिमा गुलाम बनाउ ।

नचाहिने कुरामै अल्झि अल्झि रमाउ
विकास, निर्माण सबलाई पाखा लगाउ
टाउको फुटाउनु त जनताको भलाइको निम्ती तिनको थियो
तर,
तिनको भलाइको लागि आफ्नै टाउको फुटाउ
यसैगरी जुगौँ जुग बिताउ
आफूलाई आफ्नै भूमिमा
अनि आफ्ना सन्ततिलाई
विदेशी भूमिमा गुलाम बनाउ ।

आफ्नो देशलाई सदा रणभूमि बनाउ
सन्ततिको भविष्य बनाउन समुद्र कटाउ
तँ कांग्रेस, म कम्युनिष्ट भन्नमै रमाउ
देशलाई सधैं बन्धक बनाउ
यसैगरी जुगौँ जुग बिताउ
आफूलाई आफ्नै भूमिमा
अनि आफ्ना सन्ततिलाई
बिदेशी भूमिमा गुलाम बनाउ ।

यता नेताका दास आफू बन
समुद्र पारी सन्तानलाई दास बनाउ
मेरा भगवान् भन्दै तिनका पाउ समाउ
यसै गरी गरी जुगौँ जुग बिताउ
आफूलाई आफ्नै भूमिमा
अनि आफ्ना सन्ततिलाई
बिदेशी भूमिमा गुलाम बनाउ ।

तिनका भक्त बनी बनीकन
आफैंले आफैंलाई दास बनाउ
अलि समय पछि हामी दास भयौं भन्दै फेरी
विरोधको नाममा अलि अलि भएका
विकासका संरचना सबै भत्काउ
यसै गरी गरी जुगौँ जुग बिताउ
आफूलाई आफ्नै भूमिमा
अनि आफ्ना सन्ततिलाई
बिदेशी भूमिमा गुलाम बनाउ ।

संचिता पोखरेल

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]