08:56:51 pm 15-Jun-2019

पुग्यो ! अब नगरौं यो धोती र टोपीको लडाईं


पुग्यो ! अब नगरौं यो धोती र टोपीको लडाईं

न त टोपीले जिते देश विकास हुन्छ
न त धोतीले जित्दा
त्यसैले,
यो धोती र टोपीको होड छोडौं
देश विकास गर्न सकिन्छ कसरी ?
अब सबै मिलेर यसको बारेमा सोचौं ।

Ad

न त टोपी लगाउनेमा नै देश भक्ति देखियो
न त धोती लगाउनेमा नै देखियो
आखिर हामी यो धोती र टोपीको लहडमा किन ?
यी दुवै हाम्रै चिनारी त हुन् नि हैन ?

न त धोती लगाउने नै ठूला
न त टोपी लगाउने नै ठूला
बन्छ नेपाली मुटुको धड्कन त्यो
जसले गर्न सक्छ असल कर्म जो ।

पुग्यो ! अब नगरौं यो धोती र टोपीको लडाईं
यसको फाइदा उठाउन पर्खिरहेछन् अरू कोही
यीनलाई मौका दिनु हाम्रो गल्ती हुनेछ
हाम्रा सन्ततिको भविष्य अन्धकार हुनेछ ।

 

संचिता पोखरेल

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM