08:50:45 pm 13-Dec-2018

राक्षस छोडेर भगवान किन पुजिन्छ?


राक्षस छोडेर भगवान किन पुजिन्छ?

अभिषेक लुइँटेल:-धेरै समय देखि मनमा खट्केको कुरो:-” राक्षस कसरी खराब? अनि भगवान कसरी सहि?”

Ad

आज सम्म धेरै पुराण श्रवण गरियो धेरै महात्माको ज्ञान लिइयो तर कहि कसैले राक्षस किन खराब भनेर बताउन सकेनन।

भन्नेले यति सम्म भने ” राक्षस भएर जन्मिनु नै गलत हो।”

उसो भए मेरो प्रश्न 
” अर्काकी श्रीमतीलाई झुक्याएर अस्मिता लुट्ने इन्द्र चै किन भग्वान?”
“ब्राह्माको हर्कत त सबैलाइ थाहा छ। त्यै नि उनि भगवान अनि हिरण्यकाश्यप चै राक्षस?”
“अपहरण गरेर नि अस्मिता बचाएर राख्दिने रावण राक्षस अनि गर्भवती हुदा श्रीमती जङ्गल पठाउने राम चै ईश्वर ?”
“केटिका लुगा लुकाएर नङ्याउने कृष्णको चै लिला अनि पार्वतीलाइ निस्वार्थ प्रेम गर्ने जालन्धरको चै दुस्साहस ?”

यसरी केलाउदै जाने हो भने लाग्न थाल्छ हाम्रा धार्मिक ग्रन्थ अरु कै नभएर इतिहासको किताब हुन।
अब इतिहास त तिन्कै लेखिन्छ जसले जित्छन।
न त बेदमा कतै ३३ कोटि भगवानको नाम र तिनका बारेमा लेखिएको बुझेको छु।

बेला बेला लाग्छ
एक थरी frustrated साहित्यकारले रचेका कुनै रचना हुन जसमा १०-२०% भन्दा बढी सत्यता होला भन्नेमा शंकै छ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]