04:31:46 pm 15-Jun-2019

राष्ट्रसेवक जो यहाँ उही देश लुछ्दछ


राष्ट्रसेवक जो यहाँ उही देश लुछ्दछ

राष्ट्रसेवक जो यहाँ उही देश लुछ्दछ
देश बनाउँछु भन्छ जो उही देश टोक्दछ
चारैतिरबाट लुछिसके लौन देश बचाउ
आफू बसेको हाँगा नकाट लौन कोही सिकाउ ।

Ad

नपढेपनि आमा शिक्षित हुन्छन् भन्छन्
विना आमा कसले धर्तीमा आँखा खोले होलान् र ?
बाबु उस्तै तेज ज्योति हुन्छन् भन्छन्
विना बाबु पनि को आयो होला र ?

राजनीतिज्ञ चाणक्य भन्छन्
देश भक्ति नसिकाउने शिक्षा हुँदैन
तर हामी व्यवहार यस्तो देखाउँछौं
विदेश भक्ति नसिकाउने शिक्षा हुँदैन ।

देश लुछी लुछीकन देश भक्ति गाउँछन्
देशमा छैन केही भन्दै बाध्यता उनै देखाउँछन्
गुरुको हातमा निर्माण हुन्छ भन्छन्
खै कुनै गुरुको हातमा निर्माण किन भेटिएन ?

संचिता पोखरेल

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM