08:57:00 pm 15-Jun-2019

ल्याऔं रेल, पठाऔं तेल, रोकौं विदेशिने युवाको भेल


ल्याऔं रेल, पठाऔं तेल, रोकौं विदेशिने युवाको भेल

रसुवाको चट्टान चिरी चीनबाट ल्याउ रेल
त्यही रेलमा पठाऊँ हामी चितवनको सर्सिउँ तेल
रोकौँ विदेशी षड्यन्त्र, पौडौं समृद्धिको समुन्द्र
खुल्नेछ समृद्धिको गेट, अब कसैको हुने छैन भोको अनि नाङ्गो पेट ।

Ad

कति जाने हाम्रा युवा मलेसिया र खाडीतिर ?
लागौँ अब कोदालो लिएर आफ्नै भीर, पाखा, मैदान तिर
फलाउँ अन्न लटरम्म भरतपुर र माडीतिर ।

रोपौँ आलु र तोरी, बन्द गरौँ राजनीतिको खेल फोहोरी
जागौँ जाँगरिला नेपाल आमाका बहादुर छोराछोरी
बनाऔँ नेपाल आफ्नै गाउँघरमा गोठ अनि भकारो सोहोरी ।

धेरै भयो खुट्टा तान्ने राजनीतिको सदाबहार खेल
विकासका लागि रोकौँ अब विदेशिने जवानहरूको भेल
एकजुट होऔँ, देखाऊँ हामी भाइचारा र राष्ट्रियतामा मेल ।

जनताको सपनामा लागिरहे धक्काहरू
रोक्नुपर्छ भाइ भाइ लडाउने विदेशी षडयन्त्ररूपी चक्काहरू
बनाउनु छ राष्ट्रियताका नहल्लिने पक्का पर्खालहरू ।

देखेका छौँ हामीले स्विजरल्यान्ड, सिड्नी अनि सिङ्गापुर
सुरु गरौँ देश बनाउन पर्यटक ल्याई बन्दिपुर
रोजगारीको सिर्जना गर्न गरौँ अब छिट्टै सुर ।

अधिकारसहित गएको छ गाउँगाउँमा सिंहदरबार
बस्नुपर्ने छैन गरिब भई कसैलाई विना घरबार
लागौँ अब देश बनाउन हर समय हर प्रहर

Ad

रोकौँ विदेशी षड्यन्त्र, पौडौँ समृद्धिको समुद्र
खुल्नेछ समृद्धिको गेट, अब हुनेछ विदेशिएका छोरा र बाआमाको भेट
कसैको हुने छैन यो गणतन्त्रमा भोको अनि नाङ्गो पेट

नरेन्द्र चुदाली

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM