05:22:30 pm 18-May-2019

के शाहरूख खानको कारणले आज सम्म कुनै अवार्ड फङ्शनमा नदेखिएका हुन त आमिर खान ?


के शाहरूख खानको कारणले आज सम्म कुनै अवार्ड फङ्शनमा नदेखिएका हुन त आमिर खान ?

नयाँ दिल्ली – कुरा १९९२ को हो । यो भनिन्छ कि यसै वर्ष देखि उनी अवार्ड फङ्शनबाट अलग रहेका हुन् । त्यो वर्ष बलीउडमा दुई ठूला चलचित्रको निर्माण भएको थियो । एक थियो अनिलकपूरको ‘बेटा’ र अर्को थियो आमिर खानको ‘जो जिता वही सिकन्दर’ । यी दुवै चलचित्रले एक अर्कालाई टक्कर दिएका थिए । दुबै सितारालाई दर्शकले उतिकै मन पराएका थिए । यो वर्ष अवार्ड कसले जित्छ भनेर दर्शकलाई अड्कल काट्न गाह्रो भइरहेको थियो ।
आमिर खानलाई जसरी उनलाई दर्शकले मन पराएका छन् त्यो आधारमा आफूले अवार्ड पाउने आश थियो । तर फिल्म फेयरले चलचित्र बेटाका नायक अनिल कपूरलाई बेस्ट एक्टरको अवार्ड दियो । कुरा यतिकैमा खतम भएन । यो भनिन्छ कि अर्को २ वर्ष सम्म पनि आमिर खानलाई फिल्म फेयरमा स्थान मिलेन । यस पछि पनि उनको चलचित्र ‘हम है राही प्यार के’ र ‘रंगिला’ आयो । दुबै चलचित्र एकदमै चले । आमिर खानले दर्शकको मन जिते । तर पनि फिल्म फेयर मात्र हैन आइफा सम्म पनि उनलाई अवार्ड मिलेन । यही वर्ष ‘बाजिगर’ र ‘दिलवाले दुल्हनिया लेजाएङ्गे’ को लागि शाहरूख खानलाई बेस्ट एक्टरको अवार्ड मिल्यो ।
यही भनिन्छ कि यही समय देखि आमिर खानले अवार्ड समारोहमा जान छोडिदिए । हुनत यसपछि सन् १९९६ मा चलचित्र ‘राजा हिन्दूस्तानी’को लागि उनलाई बेस्ट एक्टरको अवार्ड मिल्यो । यस पछि फिल्म फेयर र नेशनल अवार्ड मात्र हैन पद्म श्री र पद्म भुषण जस्तो राष्ट्रिय पुरस्कार पनि पाए । राष्ट्रिय पुरस्कार लिन आमिर जान्छन् । तर कुनै प्राइभेट फङ्शनमा उनलाई भेटिंदैन ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM