08:48:05 pm 13-Dec-2018

गायक डिजराज पौड्यालले नयाँ गीत लिएर बजारमा ल्याए, भिडियो सहित


गायक डिजराज पौड्यालले नयाँ गीत लिएर बजारमा  ल्याए, भिडियो सहित

काठमाडौँ– गायक डिजराज पौड्यालले नयाँ गीत लिएर बजारमा आएका छन् । ‘तिमी आउने बाटोमा, ‘तिमी करोडमा म त रोडमा’लगायत युवापुस्ताको मुखमा झुण्डिएका गीतका गायक डिजराजले ‘फूलबुट्टे सारीमा‘’ बोलको गीत आइतबार सार्वजनिक गरेका हुन् । गीतमा डिलराजका शब्द, संगीत र स्वर रहेको छ ।

Ad

उदयराज पौडेलको एरेञ्ज रहेको गीतको भिडियोमा शुभम भुजेलको कोरियोग्राफी छ । समन अधिकारी निर्देशित भिडियोमा नग्मा श्रेष्ठ, प्रशान्त तामाङ्ग, सन्तोष अधिकारी लगायतलाई फिचरिङ गरिएको छ । भिडियोलाई टंक केसीले छायाँकन गरेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]