08:47:40 pm 13-Dec-2018

प्रियंका र निक जोनासका विवाहका तस्वीरहरू सामाजिक सन्जालमा देखिन थाले


प्रियंका र निक जोनासका विवाहका तस्वीरहरू सामाजिक सन्जालमा देखिन थाले

नयाँ दिल्ली – बलीउड एक्ट्रेस प्रियंका चोपडा र निक जोनासका विवाहका तस्वीरहरू सामाजिक सन्जालमा छाएका छन् । अंग्रजी पत्रिका हेलो म्यागजिनले निक र प्रियंकाका विवाहका तस्वीरहरू आफ्नो इन्स्टाग्राम पेजमा अपलोड गरेकी छिन् ।
बलीउडकी देशी गर्ल र अमेरिकी सिंगर निक जोनास विवाहको बन्धनमा बाँधिएका छन् । निक र प्रियंकाले शनिवार १ डिसेम्बरमा राजस्थानको जोधपूरमा इसाई रीतिरिवाजले विवाह गरेपछि अर्को दिन हिन्दू रीतिरिवाजले पनि विवाह गरेका थिए । यी स्टार जोडीले विवाहको लागि जोधपूरको उम्मेद भवन प्यालेसलाई चुनेका थिए ।

विवाह पश्चात् प्रियंका र निक जोधपूरबाट दिल्ली आइसकेका छन् । सोमबार यो जोडी जोधपूर एयरपोर्टमा देखिएको थियो । जहाँ प्रियंका सिउँदोमा सिन्दूर हातमा चुराको साथमा साह्रै सुन्दर देखिएकी थिइन् । उनका श्रीमान् निक जोनास पनि साह्रै हेण्डसम देखिएका थिए ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]