08:41:00 am 19-Aug-2019

चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको गीतको भिडियो सार्वजनिक


चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको गीतको भिडियो सार्वजनिक

काठमाडौँ– नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ (मेरो भागको खुशी तिमीलाई मिलोस् ) को भिडियो सार्वजनिक गरिएको छ । आँशुको अर्थलाई युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ ।

Ad

‘आँशुको अर्थ’गीतलाई दर्शक तथा स्रोताले निकै मन पराए पछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २ ( मेरो भागको खुशी तिमीलाई मिलोस्को भिडियो सार्वजनिक गरिएको हो । यस गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् । ।गीतलाई संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

‘आँशुको अर्थ २ ( मेरो भागको खुशी तिमीलाई मिलोस् ) गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना योगीको जिवन्त अभिनय रहेको छ । आँशुको अर्थमा भने नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको थियो ।

यस भिडियोलाई चर्चित म्युजिक निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायांकन र धमला बिकाशको सम्पादन रहेको छ यस गीतमा सृष्टि थापा मगरको मेकअप रहेको छ ।

गायक शिव परियारलेको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समावेश गरेका छन् ।यस गीतलाई स्टुडियो साउन्ड मिलमा रेर्कडिङ्ग गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ ,मिक्सिङ ,मास्टरिङ गरेका हुन् ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM