05:17:58 pm 18-May-2019

‘सत्यम् शिवम् सुन्दरम्’ को छायाँकन समाप्त


‘सत्यम् शिवम् सुन्दरम्’ को छायाँकन समाप्त

काठमाडौँ– बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको नेपाली कथानक चलचित्र ‘सत्यम् शिवम् सुन्दरम्’ सन्तोष प्रगाढको संगीत र गायिका नित्याशिवा,सन्तोष प्रगाढ , इन्दिरा जोशीको अवाजमा सजिएको गीत सगैँ आफ्नो चलचित्रको छायाँकन पुरा भएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।
 उनका अनुसार चलचित्रमा नव नायिका कृति क्षेत्रीले चलचित्रमा नव नायिकाको रुपमा नेपाली सिने जगतमा पाइला चालेका छन् । उनीहरुको साथमा सो चलचित्रमा  बिमला गिरी, राजन महर्जन धनराज सुब्बा , अन्जना श्रेष्ठ , रिचा भण्डारी ,सुजित यादव, ज्ञानेन्द्र चेम्जोङ, कृष्ण कुमार घलान ,रमेस घतानी र निशा भुजेलको अभिनय रहेको समेत उनले बताए ।
 नरेश ऐरको छायांकन देव महर्जनको द्वन्द, राजन महर्जन र सुरेस पाण्डेको नृत्य बिपिन कटुवाल को शृङार रहेको छ । सपना देख्नेहरूको सपना पूरा हुन्छ कि हुदैन भन्ने मुख्य आशयलाई चलचित्रमा समावेश गरिएको छ । आगामी हरितालिका तिजमा सो चलचित्रलाई प्रदर्शन गर्ने समेत निर्माण पक्षले बताएको छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM