03:45:23 pm 17-Feb-2019

अजय देवगण र काजोलकी छोरी न्यासा पनि एकदमै पपुलर छिन्


अजय देवगण र काजोलकी छोरी न्यासा पनि एकदमै पपुलर छिन्

नयाँ दिल्ली – बलीउडमा केही वर्ष यता बलीउड स्टारका छोराछोरीले दर्शकहरूको ध्यान आकर्षित गरेका छन् । यसैमा काजोल र अजय देवगणकी छोरी न्यासा पनि एक हुन् । न्यासा आफ्ना बाबु आमाकी प्यारी छोरी हुन् ।
अजय र काजोलकी छोरी न्यासा बिदेशमा बसेर आफ्नो पढाइ गर्दै छिन् । अहिले उनी छुट्टी लिएर आफ्नो घर मुम्बई आएकी छिन् र आफ्नो परिवार र साथीहरूको साथमा रमाइरहेकी छिन् । यो तस्वीरमा तपाईं न्यासालाई देख्न सक्नुहुन्छ । न्यासा कैयौं पटक आफ्नो लुक र आउटफिटको लागि सामाजिक सन्जालमा चर्चामा रहेकी छिन् । यो तस्वीरमा न्यासा विना मेकअपमा पनि सुन्दर देखिएकी छिन् ।
अजय र काजोल एक छोरी न्यासा र एक छोरा युगका पिता हुन् । १५ वर्षकी न्यासा परिवारमा एकदमै प्यारी छिन् । उनको अनुहारमा अजय र काजोल दुवैसँग मिल्छ । न्यासाले धिरू भाई अम्बानी इन्टरनेशनल स्कुलबाट आफ्नो स्कुलको पढाई पुरा गरेकी हुन् । उनलाई शपिङ, आउटिङ, ट्राभेलिङको अलावा खानाको पनि एकदमै शौख लाग्छ ।
न्यासा सिंगापुरमा बसेर आफ्नो अध्ययनलाई अगाडी बढाउँदै छिन् । काजोलको अनुसार उनी यो चाहन्नन् कि उनकी छोरी मिडियाको नजरमा रहेर पढाईमा डिस्टर्व होस् त्यसैले उनीहरूले आफ्नी छोरीलाई पढ्नको लागि विदेश पठाएका हुन् ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]