08:02:36 am 19-Apr-2019

अवार्ड जितेपछि आलियाले खुलेरै भनिन् रणवीर कपूरलाई आइलभ यू


अवार्ड जितेपछि आलियाले खुलेरै भनिन् रणवीर कपूरलाई आइलभ यू

नयाँ दिल्ली – राजी चलचित्रले फिल्मफेयर अवार्ड जितेको छ । यो चलचित्रले बेस्ट फिल्मको अवार्ड जितेको छ । साथै यस चलचित्रको डायरेक्टर मेघना गुलजारलाई बेस्ट डायरेक्टरको अवार्ड पनि मिलेको छ । खास कुरा यो छ कि आलिया भट्टले यो चलचित्रबाट बेस्ट एक्ट्रेसको अवार्ड जित्न सफल भइन् । आलियाको अलावा रणवीर कपूरले पनि वेस्ट एक्टरको अवार्ड जिते । रणवीरले चलचित्र सन्जुको लागि बेस्ट एक्टरको अवार्ड जिते । आलिया यो अवार्ड पाएर यति खुशी थिइन् कि उनले सबैको सामु रणवीरसँगको आफ्नो प्रेमलाई प्रस्तुत गरिन् ।
आलियाले अवार्ड जिते पछि भनिन् ‘मेघना, राजी मेरो लागि एक यस्तो चलचित्र हो जसमा तपाईंको रगत पसिना लागेको छ । तपाईं मेरो लागि एकदमै खास हुनुहुन्छ । विक्की कौशल तपाईं विना यो चलचित्र पुरा नै हुन सक्तैनथ्यो । मेरो मेन्टर पिता र मलाई फेशनको बारेमा ज्ञान दिनु हुने करण जौहर तपाईंहरूलाई एकदमै धेरै धन्यवाद । आजको दिन केवल प्रेमको दिन हो । मेरो स्पेशल वान हुन् रणवीर, आइलभ यू रणवीर कपूर ’

रणवीर र आलिया केही समय देखि एक अर्कालाई डेट गर्दै आइरहेका छन् । चलचित्र ब्रम्हास्त्रको सेटमा दुबैको सम्बन्ध गहिरो भएको थियो । यो कुराको बारेमा पनि रिपोर्ट आएको छ कि ऋषि कपूर अमेरिकाबाट फर्केपछि उनीहरूको विवाहको तयारी पनि हुन सक्नेछ । हुनत यो कुराको अहिले सम्म निश्चित भएको छैन ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM