04:09:42 pm 17-Feb-2019

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले अनसन तोडे


त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले अनसन तोडे

काठमाडौँ–त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले २४ दिन लामो आमरण अनसन शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर तोडे । सरकारले व्यापक विरोधका बीच विधेयक पारित गरेपछि फरक रुपमा संघर्ष जारी राख्ने बताउँदै उनले अनशन तोडेका छन् ।
चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् ।
डा. केसीलाई अनसन तोड्न आग्रह गर्ने नागरिक अगुवा, माथेमा कार्यदल र आवासीय चिकित्सकहरुलाई धन्यवाद दिँदै उनले भनेका छन् ‘ ‘उहाँहरुको भावनालाई सम्मान गर्दै उहाँहरुकै रोहवरमा म १६ औं पटकको आमरण अनसन टुंग्याउने घोषणा गर्दछु ।’

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]