07:17:59 am 25-Mar-2019

दुखद समाचार, रहेनन् पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबीन्द्र अधिकारी


दुखद समाचार, रहेनन् पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबीन्द्र अधिकारी

ताप्लेजुङ– क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलीकप्टर ताप्लेजुङ्को लिङखिम र फुरुम्बु गाउँपालीको बीच भागमा अवस्थित सिस्ने खोलामा बुधबार दिउँसो दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ । सो हेलिकप्टर तेह्रथुमको चुहान डाँडा स्थित निर्माणाधिन एरयपोर्ट अवलोकन गरी ताप्लेजुङ तर्फ लागेको थियो ।
उक्त दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रबीन्द्र अधिकारी, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल,यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङ्छिरिङ शेर्पा, एयर डाइनेस्टिका क्याप्टेन प्रभाकर केसी, नेपाल उड्ड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभिया रहेका छन् ।
ताप्लेजुङ पुगेर फर्कने क्रममा सो दुर्घटना भएको अनुमान गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM