04:46:58 pm 15-Jun-2019

उद्धार, राहत, निःशुल्क उपचार, आवश्यक क्षतिपूर्ति र पुनःनिर्माणको कार्य गर्नको लागि जोडदार माग


उद्धार, राहत, निःशुल्क उपचार, आवश्यक क्षतिपूर्ति र पुनःनिर्माणको कार्य गर्नको लागि जोडदार माग

अनिल गुप्ता, बारा सम्बाददाता– बाराको पश्चिमी दक्षिणी क्षेत्रमा चैत्र १७ गते करिब बेलुका ७ः३० बजेको समयमा गएको बिनासकारी, त्रासदीपूर्ण आँधीहुरीका कारण धनजनको ठूलो क्षति भएको छ । यस प्रति नेपाली काँग्रेसका पूर्व सचेतक तथा पूर्व मूख्य सचिव डा. शोभाकर पराजुलीले गहिरो समवेदना प्रकट गर्दै स्थलगत भ्रमण एवं सम्वादको क्रममा तीन वटै सरकारका बीच समन्वयको अभाव खट्किएको बताउनु भयो । त्यस्तै यस्तै अस्तव्यस्तता र अव्यवस्थित अवस्था रहि रहने हो भने पिडितहरू माथि थप पिडा पुग्छ भने धेरै नै चिन्ता लागेको छ भन्दै अत्यन्त भावविभोर हुनु भएको थियो ।

Ad

तीनवटै सरकारसँग अविलम्व आवश्यक समन्वय कायम गरी उद्धार, राहत, निःशुल्क उपचार, आवश्यक क्षतिपूर्ति र पुनःनिर्माणको कार्य गर्नको लागि जोडदार माग गर्ने प्रतिवद्धता डा. पराजुलीले जनाउनु भयो । साथै सबैमा मानवीय सहयोगको लागि हार्दिक अपिल समेत गर्नु भयो ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM