04:51:39 pm 15-Jun-2019

बारा र पर्साको प्राकृतिक विपदमा विभिन्न राजनैतिक व्यक्ति, संघसंस्था तथा उद्योग द्धारा राहत सामाग्री बितरण


बारा र पर्साको प्राकृतिक विपदमा विभिन्न राजनैतिक व्यक्ति, संघसंस्था तथा उद्योग द्धारा राहत सामाग्री बितरण

अनिल गुप्ता,बारा सम्बाददाता– बारा र पर्सामा चैत १७ गते करिब ७ बजेर ३५ मिनटको समयमा गएको बिनाशकारी हावाहुरी तथा असिनाबाट ठूलो मात्रामा धनजनको क्षति भएको छ । यो विपदको घडीमा विभिन्न व्यक्ति, संघसंस्था तथा उधोगद्धारा राहत सामाग्री वितरण गरिएको छ ।

Ad

बाराको फेटा गाउँपालिका भलुही भरवलिया वडा नं.१ मा नेपाल तरुण दल बाराको अध्यक्ष लोकेश सिंह, नेपाल तरुण दल काठमाडौंका सचिव दिनेश विक्रम साह, नेपाल तरुणदल नेतृ शर्मिला थापा, प्रेश युनियन बाराका कोषाध्यक्ष अनिल साह, दिपेन्द्र पटेल लगायतका टोलीले ७५ घरपरिवारलाई पुग्ने गरी ७५ वटा कम्बल, ७५ वटा प्लाष्टिकको पानी राख्ने भाँडो, चाउचाउ, पानी, ईत्यादी राहत सामाग्री वितरण गरेका थिए ।

त्यस्तै शिवशक्ति ग्रुप अन्तर्गत शिवशक्ति केमोप्लाष्टका ब्यवस्थापक रतनेश श्रीवास्तव, शुशिल कर्ण, मंजुर आलम लगायतको टोलीले पर्साको चैनपुरमा माझि दलित वर्गका समुदायहरुलाई ५० पैकेट खाद्यान्न सामग्रीहरु चामल, दाल, तोरीको तेल त्यस्तै बाराको पुरैनियमा १५० पैकेट खाद्यान्न सामग्रीहरु चामल, दाल, तोरीको तेल तथा प्लास्ट नेपाल फाउन्डेसन काठमाण्डौले बाराको भलुही भरवलियामा ५० थान त्रिपाल र पुरैनिय गाछीटोलमा १५० थान त्रिपाल लगायत विभिन्न किसिमका राहत सामग्रीहरु समेत वितरण गरेका थिए ।

ट्रेड युनियन काँग्रेस बाराका अध्यक्ष विश्वमणि शर्मा, उपाध्यक्ष शंकर प्रसाद साह लगायतका टोलीले चाउचाउ, पानी, बिस्कुट, चिउरा, मिठा गरी करिब ५५ हजारको राहत सामग्री बाराको तेलगाई, पुरैनिया, भलुही भरवलिया र खुटवा लगायतका गाउँहरुमा राहत सामग्री वितरण गरेका थिए । साथै बाराको खुटवा प्रसौनीमा राहत सामग्री धेरै कम मात्रामा पुगिरहेको ट्रेड युनियन काँग्रेस बाराका उपाध्यक्ष शंकर प्रसाद साहले जानकारी गराउनु भयो ।

 

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM