07:18:00 am 25-Mar-2019

माताले तीन महिने सुत्केरीलाई त बोक्सी भन्दै निर्मम कुटपिट गरेपछि (भिडियो सहित)


माताले तीन महिने सुत्केरीलाई त बोक्सी भन्दै निर्मम कुटपिट गरेपछि (भिडियो सहित)

सन्दिप भट्टराईकाठमाडौँँ–गत आइतबार १२ गते दोलखा घर भई हाल काठमाडौँको भीमसेनथान बस्दै आएकी रस्मी उपरकोटीमाथि बोक्सीको आरोपमा एक माताद्धारा कुटपिट भएको थियो ।
माता कविता श्रेष्ठले आइतबार राती ९ बजे देखि १२ बजेसम्म पन्यौँ तताएर डाम्दै पिटेको पीडित रश्मी उपरकोटीले जानकारी दिएकी छिन् । तीन महिनाकी सुत्केरी रश्मीमाथि निर्मम कुटपिट हुँदा पनि अरु १२ जना जसले उनलाई माताको मा लगेका थिए उनीहरुले पनि टुलुटुटु हेरी बसे भन्दै उनी भक्कानिइन् ।
मंगलबार रश्मी बिहान देखि प्रहरी परिसर हनुमानढोका न्यायको लागी आएकी थिइन् जहाँ हामीले उनलाई भेटेर कुराकानी गरेका थियौँ । ति पीडित दिदीलाई देखेर एकछिन त आफूलाई सम्हाल्नै गाह्रो भयो, दिदीको जिउ भरी निलै डाम, र अनुहारभरि  निलो डाम पुरै डामिएको , ३ महिनाको सुत्केरी महिला सानो नानू लिएर प्रहरी परिसरको क्यान्टिनमा रुदै थिइन । तर उनलाई निर्मम कुटपिट गर्ने माता भने फरार भएको खबर हामीले पायौँ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM