07:32:22 am 19-Apr-2019

यदि यो २ उपाय अपनाउनु भयो भने लामखुट्टे तपाईंको छेउछाउ पनि आउँदैन


यदि यो २ उपाय अपनाउनु भयो भने लामखुट्टे तपाईंको छेउछाउ पनि आउँदैन

गर्मीको मौसम आउने बित्तिकै लामखुट्टेले दुख दिन थाल्छ । लामखुट्टेले हामीलाई दुख दिने मात्र हैन कैयौं रोगको संक्रमणको कारण पनि बन्छ । यहाँ यस्ता दुई उपायहरूको बारेमा चर्चा गर्नेछौं जुन उपायलाई व्यवहारमा लागू गरि हामी लामखुट्टेको समस्याबाट मुक्त हुन्छौं ।
यसको लागि हामीलाई ३ चीजको जरूरत पर्छ, नीमको तेल कपूर र तेज पत्ता । नीमको तेलमा कपूर मिलाएर एक स्प्रे बोटलमा भर्नुस् । अब यो मिश्रणलाई तेज पत्तामा स्प्रे गर्नुस् र जलाउनुस् । तेज पत्ताको धुवाँ शरीरको लागि हानिकारक हुँदैन । यो धुवाँको असरले आश्चर्यजनक रूपमा लामखुट्टे भाग्छ ।

Ad

अर्को उपाय
नरीवल तेल, नीम तेल, ल्वाङ्गको तेल, पिपर मिंट तेल र नीलगिरीको तेललाई समान मात्रामा मिलाउनुस् र एक बोटलमा भरेर राख्नुहोस् । राती सुत्ने बेलामा छालमा लगाउनुहोस् र निश्चिन्त भएर सुत्नुहोस् । बजारको क्रिम भन्दा कैयौं गुणा बढी यसले फाइदा गर्छ । यो तेललाई घर भन्दा बाहिर यात्रा गर्दा पनि बोकेर हिड्न सकिन्छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM