09:04:28 pm 13-Dec-2018

यस्तो छ एशिया प्यासफिक समिटका लागि बनाइएको १ करोडको हल


यस्तो छ एशिया प्यासफिक समिटका लागि बनाइएको १ करोडको हल

काठमाडौं–एशिया प्यासफिक समिट २०१८ – नेपालमा सहभागी हुने २५०० भन्दा बढी विभिन्न देशका प्रतिनिधिका लागि आयोजकले १ करोड रुपैयाँ खर्चेर अस्थायी प्रकृतिको हल निर्माण गरेको छ । सम्मेलन यहि मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौको ह्यात रिजेन्सी होटलमा हुँदैछ ।
सम्मेलनमा ४५ देशका १५०० भन्दा बढी प्रतिनिधि सम्मेलनमा सहभागी हुन आएका छन् । नेपालका समेत गरी २५०० जनाभन्दा बढी सम्मेलनमा सहभागी हुने आयोजक युनिभर्सल पिस फेडरेशनले जनाएको छ ।
यति ठूलो संख्याका सहभागी अट्ने हल नेपालमा नभएकाले ह्यात रिजेन्सी होटलको टेनिस कोर्टमा अस्थायी हल बनाइएको हो । इभेन्ट सोलुसन कम्पनीले यस हलको निर्माण गरिरहेको छ । बर्षौंदेखि यस्ता हलहरु निर्माण गरिरहेको कम्पनीले यति ठूलो हल पहिलो पटक निर्माण गरिरहेको जनाएको छ । ‘यत्रो भित्री हल हामीले निर्माण गर्दै आएका छौंं,’ कम्पनीका सुनिल भण्डारीले भने, ‘यस्तो पँखेटा जोडेर भने हल भने पहिलो पटक बनाएका हौं । यसमा भएको सबै स्पेश एउटै हलजस्तो देखिन्छ । हलको चौडाइ ३३ फिट र लम्बाइ ६० फिट छ ।
यस हलमा ३००० जना अट्न सक्छन् । यस्तै यसको मञ्चमा ४० जनाजति अट्छन् । हलको पूर्वाधार निर्माण गर्न मात्र २५ लाख रुपैयाँ इभेन्ट सोलुसनले जिम्मा लिएको हो ।
हलमा साउन्ड सिस्टम (अडियो भिज्युअल) समेत उच्चस्तरिय छ । साउन्ड सिस्टमको ब्यवस्थापन गर्ने जिम्मा आइएसएस साउन्ड सर्भिसले लिएको छ । कम्पनीका गंगाराज बास्कोटाका अनुसार यहाँ विशेष खालको साउन्ड सिस्टम कार्यान्वयनमा ल्याइएको छ । हलका ३००० जनाले एकै रुपमा सुन्न र देख्न सक्ने गरी ब्यवस्था मिलाइएको बास्कोटाले बताए । ब्यास अडियो कम्पनीको ड्यास एरो २० साउन्ड सिस्टम प्रयोगमा ल्याइएको उनले जानकारी दिए ।
हरेक कुनामा रहने सहभागीले देख्न सक्ने गरी मञ्चदेखि सबैतिर ठूला डिजिटल स्क्रिनहरु राखिएका छन् । सबै स्क्रिनबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण हुनेछ । साउन्ड सिस्टम उपलब्ध गराए बापत कम्पनीले ४० लाख रुपैयाँ लिएको बास्कोटाले जानकारी दिए ।
यस्तै हललाई फूलै फूलले सजाइएको छ । त्यस्तै आकर्षक गेटहरु बनाइएको छ । एउटै हल यति ठूलो आकारमा बनाइएको नेपालमै सम्भवतः पहिलो हो ।
सम्मेलनमा विभिन्न ७ मुलुकका बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष÷सरकार प्रमुखहरू, १० जना पूर्व राष्ट्र/सरकार प्रमुखहरू, १ जना वर्तमान उपप्रधानमन्त्री, ७ जना मन्त्री, ५ जना संसदका सभामुखहरू तथा उपसभामुखहरू गरी २५०० जना सहभागी हुनेछन् ।

Ad

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]