05:37:40 pm 18-May-2019

रंगशाला निर्माणका लागि काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माको सहयोग


रंगशाला निर्माणका लागि काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माको सहयोग

काठमाडौँ–नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । श्रीमती कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर उनले यो सहयोग हुन् ।
विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न रू १६ हजार सहयोग गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरे ।
प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभुत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उनले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान पनि गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM