11:30:54 am 19-Aug-2019

शेयर किनेर पैसा तिर्न सक्नु भएन ? अब चिन्ता नगर्नुस् नेप्सेले बनायो छुट्टै कोष


शेयर किनेर पैसा तिर्न सक्नु भएन ? अब चिन्ता नगर्नुस् नेप्सेले बनायो छुट्टै कोष

काठमाडौँ – शेयर किनेर पनि रकम भुक्तानी गर्न ढिलाइ भएमा त्यसको राफसाफका लागि छुट्टै कोष र्निाण गरिने भएको छ । शेयर राफसाफ कोषमार्फत सापटी लिएर कारोबार पूर्ण गर्ने ब्यवस्था गरिन लागेको हो ।

Ad

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार राफसाफ कोषको स्थापना गरेको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २७ बमोजिम कोष स्थापना भएको स्टकले जनाएको छ । कारोेबार नियमावलीले तोके अनुसार नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको संयोजकत्वमा एक समिति गठन भएको हो ।

समितिमा केन्द्रीय निक्षेप प्रणाली र नेपाल स्टक ब्रोकर एशोसिएसन छन् । समितिको पहिलो बैठकले कोष संञ्चालनका लागि बीउ पूँजी संकलन, बैंक खाता र कोषको अन्य काम कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउने छ ।

पूर्ण रूपमा कोष सञ्चालनमा आएपछि कुनै ग्राहकले खरिद गरेको धितोपत्रको रकम भुक्तानीको ग्यारेन्टी हुने छ । सुरुमा सानो रकमबाट कोष स्थापना भए पनि यसले शेयर कारोबारमा भुक्तानीको ग्यारेन्टी गर्ने पद्धतिको विकास हुनेछ ।

दोस्रो बजारमा शेयर खरिद गरेर समयमा कारोबार राफसाफ नभएमा ब्रोकर कम्पनीले उक्त कोषबाट रकम सापटी लिएर कारोबार राफसाफ गर्ने छन् ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM