04:02:38 pm 18-May-2019

बाग्लुङ्ग जीप दुर्घटनाका घाईतेलाई परिवार दलको सहयोग


बाग्लुङ्ग जीप दुर्घटनाका घाईतेलाई परिवार दलको सहयोग

दुई महिनाअगाडि बाँग्लुङ्गको जैमनी नगरपालिका बडा ८ छिस्तीमा भएको जीप दुर्घटनामा गम्भिर घाईते भएकी सम्झना पुनको उपचारमा नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ ।
घाईते पुनको बाँसबारीस्थित वेलनेस अस्पतालमा उपचार भइरहेको छ । नेपाल परिवार दलका अध्यक्ष एंव्म पूर्वमन्त्री एकनाथ ढकालले मङ्गलबार अस्पातालमै पुगेर घाईते पुनका दाजु गंगाबहादुरलाई ३० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
पुनको उपचारमा संमलग्न डा. हिरा गिरीका अनुसार पुनको स्वास्थ्य सुधारोन्मुख रहेको छ । सामान्य हिड्न र बोल्न थालेको तथा पुराना कुराहरु सम्झन थालेको बताउँदै उनलाई अझै एक महिना अस्पतालमै राखेर फिजियोथेरापीलगायतको बिधिबाट उपचार गर्नु पर्ने डा. गिरीले जानकारी दिइन् ।
आर्थिक अवस्था कमजोर भएको पुनको परिवारलाई उपचारको लागि बिदेशबाट र केही सहयोगी मनहरुले सहयोग गरेको बिरामीका दाजु गंगाबहादुरले बताए ।
रकम हस्तान्तरण गर्न नेपाल परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रवक्ता सन्तोषकुमार पौडेल र केन्द्रीय सदस्य मनोज सुर्खेतीसहित पुगेका अध्यक्ष ढकालले बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गरे ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM