04:51:45 pm 15-Jun-2019

नेपाल स्काउटबाट बारा र पर्सामा स्वयंसेवक परिचालनमा आवश्यक पहल


नेपाल स्काउटबाट बारा र पर्सामा स्वयंसेवक परिचालनमा आवश्यक पहल

काठमाडौँ–मिति २०७५ चैत्र १७ गते आइतबार बेलुकी आएको बिनाशकारी हावाहुरीका कारण प्रदेश नं. २ को बारा र पर्सामा हालसम्म २७ जनाको मृत्यु हुनुको साथै ठुलो धनजनको क्षति हुनपुगेकोमा नेपाल स्काउटले गहिरो दुःख व्यक्त गरेको छ ।
विपद्को घडीमा नेपाल स्काउटका विपद् व्यवस्थापन तालिम प्राप्त सम्पूर्ण स्काउट लिडरहरू र रोभर रेन्जर स्काउटका साथै अन्य महानुभावहरूलाई समेत उद्धार, राहत तथा सहयोग जस्ता अत्यावश्यक कार्यमा स्वतस्फूर्त परिचालित हुन नेपाल स्काउटले एक विज्ञप्ती मार्फत अपिल गरेको छ ।
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीद्धारा हस्ताक्षरित सो विज्ञप्तीमा प्रदेश २ का बारा र पर्साका जिल्ला स्काउट कार्यालयहरूलाई उद्धार,राहत तथा स्वयंसेवक परिचालनमा आवश्यक पहल तथा समन्वय गर्न गराउन निर्देशन दिइएको जानकारी नेपाल स्काउटका रामप्रसाद भट्टराईले दिएका छन् । नेपाल स्काउटले भूकम्पको बेला पनि ठूलो मात्रामा राहत वितरणका साथै उद्दार कार्यमा सहभागिता जनाएको थियो ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM