03:47:33 pm 17-Feb-2019

बिद्याकी देवी सरस्वतीलाई अन्य देशमा मानिन्छ, कहाँ कुन नामले चिनिन्छ त?


बिद्याकी देवी सरस्वतीलाई अन्य देशमा मानिन्छ, कहाँ कुन नामले चिनिन्छ त?

बिद्याकी देवी सरस्वतीको नेपाल तथा भारतमा सदियौं देखि पूजा हुँदै आइरहेको छ । देवी सरस्वती हिन्दू धर्मकी एक प्रमुख देवी हुन् । वाग्देवी, भारती, शारदा आदि नामले पूजा गरिने यी देवीको बारेमा यो भनिन्छ कि यिनले मुर्खलाई पनि विद्वान् बनाउन सक्छिन् ।
देवी सरस्वतीको आरधना केवल नेपाल र भारतमा मात्रै हैन, इन्डोनेशिया, बर्मा, चीन, थाइल्याण्ड, जापान र अन्य देशमा पनि हुन्छ । देवी सरस्वतीलाई बर्मामा थुयथदी, सूरस्सती र तिपिटका मेदा, चीनमा बियानचाइत्यान, जापानमा बेजाइतेन र थाइल्याण्डमा सुरसवदीको नामले चिनिन्छ ।
संसारमा ज्ञानको पूजा सदियौदेखि भइआएको छ र रहिरहने पनि छ । यही कारणले विश्वका प्राय देशमा ज्ञानको देवी देवताको परिकल्पना गरिएको छ । जर्मनीमा स्नोत्रलाई ज्ञान, सदाचार र आत्मनियन्त्रणकी देवी मानिन्छ । यसैगरी फ्रान्स, स्पेन, इङ्ल्याण्ड, बेल्जियम, आष्ट्रिया सहित कैयौं युरोपिय देशमा ज्ञान र शिल्पकी देवीको रुपमा मिनर्वालाई स्मरण गरिन्छ । उनलाई कताई, बुनाई, संगीत, चिकित्सा शास्त्र र गणित सहित रोजमर्रा कार्यमा निपुणताकि देवी मानिन्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]