09:25:38 pm 13-Dec-2018

चौतारी लघुवित्तको शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल


चौतारी लघुवित्तको शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं–चौतारी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निस्कासन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रति शेयर १ सय रुपैयाँ अंकित दरको ५ लाख ४० हजार कित्ता साधारण शेयर निस्कासन गर्न लागेको छ । शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआईबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरे । यस चौतारी लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी .३० करोड, जारी पूँजी .१८ करोड र चुक्तापूँजी १२ करोड ६० लाखरहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात संस्थाको चुक्तापूँजी १८ करोड हुनेछ ।

Ad

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड २०७१ चैतमा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । यसले २०७२ मंसिरमा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको थियो । त्यही बर्ष पुस १९ देखि यसले आफ्नो वित्तीय कारोवारको शुरु गरेको हो । वुटवलमा केन्द्रीयकार्यालय रहेको यस वित्तीय संस्थाले रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ्ग, प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्लामा ३४ वटा शाखा कार्यालय मार्फत् १७ करोड ६४ लाख ५२ हजार बचत संकलन गरी ६१ करोड ५० लाख ७८ हजार कर्जा प्रवाह रहेको जनाएको छ । संस्थाले गत आबमा ५७ लाख खूद नाफा कमाएको थियो । चालुु आबको तेस्रो त्रैमासिकसम्म ६५ लाख ४२ हजार खुद मुुनाफा हासिल गरेको छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]