10:14:36 pm 13-Dec-2018

शुभमले निस्कासन गर्ने भयो २ करोडको साधारण सेयर


शुभमले निस्कासन गर्ने भयो २ करोडको साधारण सेयर

काठमाडौं–शुभम पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जेठ २० गतेदेखि आयोजना प्रभावित संखुवासभाका स्थानीयलाई १० प्रतिशत आईपिओ निष्कासन गर्न लागेको हो ।
स्थानीयले आईपिओमा न्युनतम ५० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् । कम्पनीको सेयरमा छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म लगानी गर्न सकिने बिक्री प्रवन्धक सीबीआईएल क्यापिटलले जनाएको छ ।

Ad

आयोजना प्रभावितलाई आईपिओ बाँडफाँड गरेपछि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । आईपिओ निस्कासन गरेपछि कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ पुग्ने छ ।
कम्पनीले संखुवासभामा १ मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गरिरहेको छ

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]