04:22:11 pm 15-Jun-2019

तङ्ग–इल मो–दो संघ भक्तपुरको नेतृत्वमा रानामगर

मार्सल आर्टको विकासमा लाग्ने अठोट


<span class="entry-title-primary">तङ्ग–इल मो–दो संघ भक्तपुरको नेतृत्वमा रानामगर</span> <span class="entry-subtitle">$मार्सल आर्टको विकासमा लाग्ने अठोट</span>

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भक्तपुर शाखाको जिल्ला कार्य समिति पुनर्गठन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच तङ्ग–इल मो–दो संघ नेपालका उपाध्यक्ष सुर्यप्रसाद भट्टराई र महासचिव बिष्णु गिरीको उपस्थतिमा भएको भेलाले रामबाबु रानामगरको नेतृत्वमा ११ सदस्यीय कार्य समिति पुनर्गठन गरेको हो ।
भक्तपुर शाखाको उपाध्यक्षमा खेमराज घले, सचिवमा रामेश्वर राना मगर, कोषाध्यक्षमा बेबी राई, सदस्यहरुमा प्रबेस सुवाल, धुव खत्री, मेलिन लोपेज राना मगर, प्रकाश थापा मगर, राजेन्द्र राजथला, दिपक घले र सम्जन मल्ल भएका छन् ।
कार्यक्रममा महासचिव गिरीले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको उल्लेख गरे । उनले भने, ‘अहिलेको राजनीति फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’ खेलको माध्यबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने उनले बताए ।
तङ्ग–इल मो–दो संघका उपाध्यक्ष भट्टराईले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लागेको उल्लेख गरे ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM