09:24:45 pm 13-Dec-2018

सन्दिप लामिछाने सम्मिलित टिम क्यारेबियन प्रिमियर लिगको क्वाटर फाईनलबाट बाहिरियो


सन्दिप लामिछाने सम्मिलित टिम क्यारेबियन प्रिमियर लिगको क्वाटर फाईनलबाट बाहिरियो

सुरेन्द्र/युवापोस्ट – वेस्ट ईन्डिजमा जारी क्यारेबियन टि-२० प्रिमियर लिगको दोस्रो क्वाटर फाइनल खेलमा क्रिस गेलको कप्तानिमा रहेको एसटि किट्स एन्ड नेभिस प्याट्रोईट्स डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाईट राइडर्स सङ्ग २० रनले पराजित भएको छ ।

Ad

भर्खरै सम्पन्न दोस्रो क्वाटर फाईनल खेलमा पराजीत भए सङै एसटि किट्स एन्ड नेभिस प्याट्रोईट्स सन २०१८ को क्यारेबियन प्रिमियर लिगबाट बाहिरिएको हो । ब्राईनलारा स्टेडियममा टस हारेर ब्याटिङ गरेको ट्रिनबागो नाईट राइडर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । ब्याटिङमा ट्रिनबागो नाईट राइडर्सको लागि ब्र्याण्डन म्याकुलमले २२ बलमा सर्वाधिक ४३ रन बनाएका थिए ।

जितको लागि १६६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको एसटि किट्स एन्ड नेभिस प्याट्रोईट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४५ रन बनाउन सकेको थियो ।
नेपाली लेगस्पिनर सन्दिप लामिछाने समेत सहभागी रहेको एसटि किट्स एन्ड नेभिस प्याट्रोईट्सले जारी क्यारेबियन प्रिमियर लिग अन्तर्गत ईलिमिनेटर खेलमा जमैका टलवासलाई २ विकेटले पराजित गर्दै क्वाटर फाईनलको यात्रा तय गरेको थियो ।

एसटि किट्स एन्ड नेभिस प्याट्रोईट्सलाई क्वाटर फाईनलमा पराजित गर्दै ट्रिनबागो नाईट राइडर्स जारी प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । फाईनलमा ट्रिनबागो नाईट राइडर्स र गुयना एम्याजन वारियर्स सेप्टेम्बर १७ अर्थात अगामी सोमबार उपाधिको लागि भिड्ने भएका छ्न ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]