08:52:42 pm 18-May-2019

म्याकक्याफे एन्टिभाइरसका अपडेटेड भर्सन नेपालमा


म्याकक्याफे एन्टिभाइरसका अपडेटेड भर्सन नेपालमा

काठमाडौं-एलिना इन्फोटेकले नेपाली बजारमा भर्सनका म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्टहरु सार्वजनिक गरेको छ ।
म्याकक्याफेका साउथ एसिया विजनेश म्यानेजर सन्दिप धर, प्रडक्ट म्यानेजर सर्भेस बासुत्कार, स्वेता कम्प्युटर भारतका एमडी ललित कोथारी र क्यान महासंघका महासचिव रञ्जित पोदार र नेपालको लागि आधिकारिक बिक्रेता एलिना इन्फोटेकका एमडी राजन यादवले संयुक्तरुपमा ती नयाँ भर्सन सार्वजनिक गरे । कम्पनीले एन्टिभाइस, इन्टरनेट सेक्युरिटी, टोटल सेक्युरिटी र मोवाइल सेक्युरिटी सार्वजनिक गरेको हो ।

Ad

म्याकक्याफेले ३० वर्षदेखि विश्वभर सेक्युरिटी प्रडक्टहरु विक्री गर्दै आएको छ । ‘प्रोटेक्ट योर डिजिटल लाइफ’ नारासहित सार्बजनिक ती प्रडक्टले डिजिटल युगमा सेक्युरिटी त्यत्तिकै चुनौतीको विषय बनिरहेको सन्दर्भमा हाम्रो दैनिक डिजिटल लाइफलाई सुरक्षित बनाउने एलिना इन्फोटेकका एमडी राजन यादवले दावी गरे । दुई वर्षदेखि नेपाली बजारमा आधिकारिक वितरकको काम गरिरहेको भएपनि अब म्याकक्याफेका प्रडक्टहरु देशभर विस्तार गरिएको उनले जानकारी दिए ।

अन्य सेक्युरिटी प्रडक्टको तुलनामा सस्तो र गुणस्तरीय रहेको यादवको दावी छ । माइक्रोसफ्ट, इन्टेल जस्ता कम्पनीको समेत सहकार्य रहेको यो प्रडक्ट नेपाली बजारका लागि उपयुक्त रहेको उनको दावी थियो ।

कम्पनीको दावी अनुसार विश्वमा ४५० मिलियन मानिसहरुले म्याक्याफे प्रडक्ट प्रयोग गरिरहेका छन । विश्वमै उत्कृष्ट सेक्युरिटी प्रडक्टमा सुचिकृत म्याकक्याफे नेपालको लागि पनि विश्वासिलो प्रडक्ट रहेको कम्पनीका साउथ एसिया म्यानेजर सन्दिप धरले बताए ।
म्याकक्याफेका एन्टि स्पाम, वेब एड्भाइजर, प्यारेन्टल कन्ट्रोल, पासवर्ड म्यानेजर, फाइल लक तथा एन्टिभाइरसजस्ता विशेषता छन । यसैगरी यसको ग्लोबल थ्रेट इन्टेलिजेन्जले कुनै रिस्कहरु नोटिफाइ गर्दछ । यसको २४ घन्टा नै अनलाइन सपोर्ट उपलब्ध छ ।
प्रडक्ट सार्वजनिक कार्यक्रमसँगै कम्पनीले डिलर्स एप्रिसिएसन नाइटसमेत आयोजना गरेको थियो । त्यसमा देशभरका सयौ डिलरहरुको सहभागिता थियो । एलिना इन्फोटेक एक दशकभन्दा लामो समयदेखि प्रदेश १ मा रहि देशभर आइटी व्यवसाय गर्दै आइरहेको कम्पनी हो । पछिल्लो समय एलिना इन्फोटेकले म्याकक्याफेको आधिकारिक बिक्री वितरण सुरु गरेको हो ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM