09:10:48 pm 13-Dec-2018

मोबाइल हरायो ? चिन्ता नगर्नुस् !


मोबाइल हरायो ? चिन्ता नगर्नुस् !

काठमाडौँ – तपाईंको मोबाइल फोन सेट हरायो रु फुट्यो या बिग्रियो रु अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ ।

Ad

अझै अर्को खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईंको मोबाइलका सबै डाटाहरु त्यो कम्पनीमा सुरक्षित रहेका हुन्छन् । तर तपाईंले आफ्नो मोबाइल किनेको मूल्यको पाँच प्रतिशत रकम भने तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष यो रकम तिरेर उक्त कम्पनीमा दर्ता हुनुभयो भने सो सेवा पाइन्छ ।

हरायो भने मोबाइल धनीको ५० प्रतिशत मात्र लागतमा नयाँ सेट किनिदिने योजना छ । तर केही महिनापछि यो लागत ३० प्रतिशतमा झार्ने योजना सो कम्पनीको छ । मर्मत तथा नयाँ सेटका लागि सम्बन्धित मोबाइल कम्पनीसँग उक्त कम्पनीले सम्झौता गरेको छ ।

मेरो सुरक्षा नामको सफ्टवेयर कम्पनीले काठमाडौँमा गत हप्तादेखि यो सेवा शुरु गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार भन्नुहुन्छ– “हामीले यो सेवा शुरु गरेको हप्तादिनमै हाम्रो एप्स् आठ हजारले ‘डाउनलोड’ गरिसकेका छन् । यस कम्पनीसँग हाल अन्य कर्मचारीका अतिरिक्त १० जना कम्प्युटर इञ्जिनियर र सूचना प्रविधिका विज्ञहरु छन् ।

यस सेवाका लागि एनरोइड मोबाइलका लागि गुगलको ‘प्ले स्टोर’ मा र आइफोनका लागि ‘एप्स् स्टोर’ मा गएर मेरो सुरक्षा डाउनलोड गर्न सकिन्छ । उक्त कम्पनीको एप्स् डाउनलोड गरेपछि प्रत्येक सेटका लागि त्यसको लागत मूल्यको पाँच प्रतिशत रकम अनलाइनबाटै तिरेपछि मेरो सुरक्षाको सञ्जालमा दर्ता हुनेछ ।

यसरी डाउनलोड गरेपछि आफ्नो मोबाइलमा रहेका कुन कुन डाटाहरु सुरक्षित राख्ने भन्ने जानकारी उक्त एप्स्मार्फत नै मोबाइल प्रयोगकर्ताले कम्पनीलाई दिनुपर्छ । उक्त सफ्टवेयरको एप्स्मा रहेको कुनै एउटा बटम थिचेपछि आफ्नो मोबाइलको डाटा सो स्टोरमा जम्मा हुँदै जानेछ । त्यसपछि त मोबाइल सेट हराए वा नष्ट भए पनि त्यसमा रहेका फोन नम्बर र डाटाहरु उक्त स्टोरमा सुरक्षित रहने छन् ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]