09:15:23 pm 13-Dec-2018

सुरु भयो पाइपबाट ग्यास वितरण


सुरु भयो पाइपबाट ग्यास वितरण

काठमाडौँ – विराटनगर महानगरपालिका १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्याँस पाइपबाट ३२ घरमा जडान गरिएको चुल्हो मंगलबार प्रधानमन्त्री ओलीले पाइपबाट कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बालेर उदघाटन गरेका हुन । प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै औपचारिक रुपमा मंगलबारदेखि स्थानीय ३२ घरमा पाइपलाइनमार्फत वायोग्याँस संचालन हुने तथा चाडो नै अरु थप ४५ घरमा पनि जडान गरिने योजना रहेको छ |

Ad

प्रधानमन्त्री ओलीले भने, ‘अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।’यस्तै परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गरेका छन । उनले सरकार बाहिर भएको हल्लाको आधारमा नचल्ने समेत बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जे गर्दा पनि आलोचना र होहल्ला भइरहेको बताए |

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]