06:33:01 am 25-Mar-2019

वल्र्डलिंकका ग्राहकलाई विभिन्न बस्तु किन्दा छुट, ग्राहक संख्या २ लाख नाघे


काठमाडौं -इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना ग्राहकलाई विभिन्न बस्तु तथा सेवा खरिद गर्दा छुट दिने योजना ल्याएको छ । कम्पनीले राजधानीमा पत्रकार सम्मेलन गरी उक्त योजना सार्बजनिक गरेको हो । कम्पनीको गो एपमार्फत बस्तु वा सेवा खरिद गर्दा ग्राहकले छुट पाउने छन् । वर्ल्डलिंकले गो एपसहित सेफनेट एप, म्यानेज्ड वाईफाई र टाइम ब्याक जस्ता अतिरिक्त सेवा समावेश गरिएको इन्टरनेट मासिक १ हजार २ सय ५० मै उपलब्ध गराउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए ।
वर्ल्डलिंकले मुलुकका ७० जिल्लामा सेवा विस्तार गरेको जानकारी दिएको छ । उसका ग्राहक संख्या २ लाख १५ हजार पुगेका छन् । हामीले ज्यामितिय दरमा ग्राहक संख्या बढाएका छौं, प्रमुख कार्यकारी अधिकृत नेपालले भने । वर्ल्डलिंकले २०५२ सालमा सेवा सुरु गरेको थियो । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत एक वर्षमा १० हजार सार्वजनिक स्थलहरुमा फ्रि वाइफाइ हटस्पट सेवा उपलब्ध गराउने जनाएको छ । वर्ल्डलिंकले पशुपति विकास क्षेत्र, बौद्ध, शङ्ख पार्क, बालाजु बाईसधारा, स्वयम्भू, वसन्तपुर, एयरपोर्ट एवं पोखरा र विरगञ्ज महानगरपालिका कार्यालय लगायतका महत्वपूर्ण स्थलहरुमा निशुल्क वाइफाइ उपलब्ध गराउँदै आएको छ । इन्टरनेटको प्रयोग सम्बन्धी चेतना जगाउन कम्पनीले ३९ वटा विद्यालयका २ हजार ३८ विद्यार्थीहरुलाई इन्टरनेटको प्रयोग सम्बन्धी ज्ञान प्रदान गरिसकेको बताएको छ ।
एफटीटीएच, ब्रोडव्यान्ड, आईसीटी क्षेत्रको रोजगार प्रदायक लगायतका विविध आधारमा नेपालकै ठूलो अपरेटर भएको वर्ल्डलिंकको दावी छ ।
वर्ल्डलिंकले काठमाडौं शहरको सुन्दरताको साथमा इन्टरनेटका तारहरुको व्यवस्थापनलाई मध्यनजर गरी वायर म्यानेजमेन्ट प्रोजेक्ट अगाडि बढाएको छ । उक्त परियोजनाको पहिलो चरणमा त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म तारको ब्यवस्थापन गरिएको प्रबन्ध निर्देशक दिलिप अग्रवालले जानकारी दिए । कम्पनीले दोश्रो चरणमा बालुवाटारदेखि माइतिघरसम्मका क्षेत्रहरुमा रहेका अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने योजना बताएको अग्रवालले बताए ।

Ad

वल्र्डलिंकले बिकट कर्णालीमा दुई प्याकेजमा वायरलेस इन्टरनेट उपलब्ध गराउँदै आएको छ । प्याकेज ए अन्तरगत हुम्ला, जुम्ला, डोल्पा र मुगुसम्म इन्टरनेट विस्तार गर्ने काम ५२ प्रतिशत कार्य सम्पन्न भएको छ । र्याइसकेको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM