09:53:16 pm 07-Jul-2019

अनुहारमा आएको पिम्पल्सले आहत हुनुभएको छ भने, अपनाउनुस् यी टिप्सहरू


अनुहारमा आएको पिम्पल्सले आहत हुनुभएको छ भने, अपनाउनुस् यी टिप्सहरू

गर्मीको सिजनमा तैलिय छालाको लागि समस्या अरू पनि बढेर जान्छ । गर्मीको मौसममा छाला अझ बढी तैलीय हुन्छ जसले गर्दा हाम्रो छालामा बढी मात्रामा धूलो आदिको कण टाँसिने गर्छ । यस्तोमा अनुहारमा फोहर जम्मा हुनुको साथमा पिम्पल्स पनि अत्यधिक मात्रामा निस्कन थाल्छ । केही यस्ता घरेलु टिप्सहरू जसले हाम्रो अनुहारमा निस्किने पिम्पल्सहरू हराएर जान्छ ।
१. जामुनको भित्रको दानालाई पानीमा घोटेर अनुहारमा लगाउनाले पिम्पल्स हटेर जान्छ ।
२. दहीमा केही थोपा मह मिलाएर यो लेप अनुहारमा लगाउनाले केही दिनमा नै पिम्पल्स हराएर जान्छ
३. तुलसी र पुदिनाको पातलाई बराबर मात्रामा मिसाएर पिसि थोरै कागतीको रस मिलाएर अनुहारमा लगाउनाले पनि पिम्पल्सबाट छुटकारा मिल्छ ।
४. नीमको रुखको बोक्रालाई घोटेर पिम्पल्समा लगाउँदा पनि पिम्पल्स हटेर जान्छ ।
५. बेसार र बेसनको प्याक बनाएर अनुहारमा लगाउनाले पनि पिम्पल्सको समस्याबाट छुटकारा मिल्छ ।
६. जाइदानालाई गाईको दूधमा घोटेर पिम्पल्समा लगाउनाले पनि पिपल्सको समस्याबाट छुटकारा मिल्छ ।
७. निमको पातको धुलोमा मुल्तानी मिट्टी र गुलाव जल मिलाएर पेस्ट बनाउनुस् र यसलाई अनुहारमा लगाउनाले पनि पिम्पल्स हराएर जान्छ ।
८. नीमको जरालाई पिसेर पिम्पल्समा लगाउनाले पनि ठिक हुन्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM