03:45:22 pm 17-Feb-2019

के तपाईंलाई थाहा छ, रेड वाइन पिउनाको ७ फाइदा ?


के तपाईंलाई थाहा छ, रेड वाइन पिउनाको ७ फाइदा ?

हुनत मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । तर मदिराको केही प्रकारले शरीरलाई फाइदा पनि गर्छ । यस मध्येको एक हो रेड वाइन जुन कालो अंङ्गुरबाट बनाइन्छ । र, स्वास्थ्यको लागि एकदमै फाइदाजनक मानिन्छ । रेड वाइनका यी फाइदाहरू
१. रेड वाइन आइरन, म्याग्नेशियम, भिटामिन बी ६ र भिटामिन सीले भरपूर हुन्छ । यसको अलावा यसमा प्रोएन्थोसायनीडीन्स र रेस्वेराट्रोल जस्तो एक्टिभ एन्टीअक्सिडेन्ट हुन्छ । जसले तपाईंको इम्यूनिटी बढाउँछ ।
२. एन्टीअक्सिडेन्टले भरपूर हुनाको कारण यसले तनाव कम गर्ने र फ्री रेडिकलबाट बच्नलाई मद्दत गर्छ । यसले छालालाई जवान बनाइ राख्छ ।
३. यसले शरीरमा हुने राम्रो कोलेस्ट्रोललाई बचाउँछ । र यसमा भएको पोलीफेनाल एन्टीअक्सिडेन्ट्स LDL कोलेस्ट्रलाई कम गर्छ जुन मुटुको लागि पनि फाइदाजनक र वजन सन्तुलित राख्नको लागि पनि सहायक हुन्छ ।
४. यसले ब्लड कान्टीङ्ग बन्नाले हुने समस्या या खतरालाई कम गर्छ । यसले हृदयघात, स्ट्रोक र पल्मोनरी एम्बोलिज्मको खतरा कम हुन्छ ।
५. रेड वाइन मधुमेहको बिमारीको लागि पनि फाइदाकारी हुन्छ । यसले रगतमा कोलेस्ट्रोलको मात्रालाई कम गर्छ ।
६. हप्तामा ३–४ पटक सम्म यसको सेवन क्यान्सरको खतरालाई कम गर्छ । रेड वाइनको सेवनले शरीरमा क्यान्सर कोशिका बढ्ने आशंकालाई कम गर्छ ।
७. रेड वाइनमा भएको रेस्वेराट्रोल स्मरणशक्ति बढाउन फाइदाजनक हुन्छ । यसको अलावा रेड वाइन पेट सफा राख्न र पाचन तन्त्रलाई ठीक राख्न पनि सहायक हुन्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]