09:01:34 pm 15-Jun-2019

चिसो मौसममा कहिल्यै नगर्नुस् यी ५ गल्तीहरू


चिसो मौसममा कहिल्यै नगर्नुस् यी ५ गल्तीहरू

चिसो मौसममा तपाईं आफ्नो सुन्दरता र स्वास्थ्यलाई लिएर विषेश होशियार हुनुहुन्छ होला । आफ्नो स्वास्थ्य र सुन्दरताको लािग विभिन्न किसिमका सावधानीहरू पनि अपनाउनुहुन्छ होला तर तपाईंले अपनाउने यी सावधानी नै तपाईंको स्वास्थ्यको लागि समस्या बन्न पनि सक्छन् ।
१. चिसो मौसममा चिसोबाट बच्नको लागि तपाईं पूरा दिन, पूरा रात आफ्ना हात खुट्टा ढाकेर राख्नुहुन्छ भने अलि होशियार हुनुहोस् यसले नै तपाईंको स्वास्थ्यमा समस्या ल्याउन सक्छ । यसले शरीरमा आवश्यकता भन्दा बढी ताप उत्पन्न गर्न सक्छ । जसले तपाईंलाई विभिन्न किसिमको समस्या हुन सक्छ ।
२. मौसम चिसो हुनाको कारणले चिसो समयमा हामीलाई खासै तिर्खा लाग्दैन । तिर्खा लागेन भन्दैमा पानी नपिउने गल्ती नगर्नुस् । शरीरमा तरलता बनाइराख्न या भित्री अङ्गहरूले आफ्नो कार्य सम्पादन गर्नको लागि पानीको महत्व हुन्छ । यसको अलावा पाचनको लागि पनि पानीको जरूरत हुन्छ ।
३. चिसो मौसमा तपाईं तातो तातो हलुवा, पराठा, गुलीयो या मसालेदार खाना खान मन पराउनुहुन्छ भने भने ध्यान दिनुस् कि दिनानुदिन यस्ता खानेकुरा खानाले तपाईंको वजन बढ्न सक्छ । साथै शरीरमा कोलेस्ट्रोलको मात्रा पनि बढ्न सक्छ जुन तपाईंको स्वास्थ्यको लागि खतरनाक सावित हुन सक्छ ।
४. यी दिनहरूमा स्वास्थ्यको साथै छालको पनि हेरचाह गर्नुपर्ने हुन्छ । सुख्खापनबाट बचाउनको लागि यदि पटक पटक तेल या चिपचिप हुने किसिमको क्रीम प्रयोग गरिरहनुभएको छ भने यसले धूलो,माटो, किटाणुलाई आफूतिर तानिरहेको हुन्छ जसले तपाईंको छालालाई नोक्सान पु-याउन सक्छ ।
५. यदि चिसो मौसममा आइसक्रिम खान मन पराउनुहुन्छ भने सावधान हुनुस् यसको चिसोले गलामा संक्रमण पनि हुन सक्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM