05:11:42 pm 15-Jun-2019

सावधान ! पानीपुरी खानाले हुन सक्छ तपाईंको लिभर ड्यामेज


सावधान ! पानीपुरी खानाले हुन सक्छ तपाईंको लिभर ड्यामेज

रोड साइडमा या अन्य पसलमा गएर तपाईं आफ्नो पानी पूरी खाने इच्छा पुरा गर्नुहुन्छ भने एकपटक सोच्नुस् । यो तपाईंलाई खतराजनक पनि हुन सक्छ । यसले हामीलाई यति ठूलो नोक्सान गर्छ कि हामी अन्दाज पनि गर्न सक्दैनौं । अब गुजरातको सडकमा त यसलाई सरसफाईको हवाला दिंदै प्रतिबन्ध पनि लगाइने भएको छ ।
भनिन्छ पानीपुरीमा प्रयोग गरिने विभिन्न रङ्गको कारण क्यान्सर हुने पनि सम्भावना छ । पानीपुरीबाट हुने रोग र यसका कारणहरूको बारेमा केही जानकारी
पानीपुरीले लिभरमा खतरनाक असर पार्न सक्छ – पानीपुरी खान त हामीलाई धेरै स्वादिलो लाग्छ तर यसले हाम्रो शरीरमा लिभरलाई असर पार्न सक्छ । यस्तो किन हुन्छ भने पानीपूरी वालाले बासी र आर्टिफिसियल रङ्ग मिलाएरको सामान, चटखारेदार पानी प्रयोग गर्छन् । जुन हाम्रो शरीरको लागि एकदमै हानिकारक हुन्छ ।

Ad

क्यान्सरलाई दिन्छ खुल्ला निमन्त्रणा– धनिया, पुदिना, चटनीको स्थानमा आर्टिफिसियल चिज र बासी रङ्गको प्रयोग गर्छन् । बजारमा पाइने यी विभिन्न किसिमका रङ्गको प्रयोगले क्यान्सर जस्तो रोगलाई निमन्त्रणा दिन्छ ।
ब्लड प्रेशर बढ्नु – यदि तपाईं ब्लड प्रेशरको बिमारी हुनुहुन्छ भने बजारमा गएर पानी पुरी नखानुस् । पानीपुरीको पानीमा अत्यधिक नुन प्रयोग गरिएको हुन्छ जसको कारण तपाईंको ब्लड प्रेशर बढ्छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM