08:02:37 am 19-Apr-2019

गर्मीको समयमा अत्यधिक पसिनाको कारण आउने दुर्गन्धलाई यसरी हटाउनुहोस्


गर्मीको समयमा अत्यधिक पसिनाको कारण आउने दुर्गन्धलाई यसरी हटाउनुहोस्

गर्मीमा पसिना आउनु सामान्य कुरा हो तर कसै कसैलाई अत्यधिक पसिना आउँछ । यदि पसिनालाई लामो समय सम्म सफा नगरेर शरीरमा रहन दियो भने यसबाट दुर्गन्ध आउँछ । साथै यसले किटाणुलाई जन्म पनि दिन्छ । यस्तो स्थितिबाट बच्नको लागि तपाईंले केही कुरामा ध्यान दिनु पर्ने हुन्छ ।
१. शरीरको जुन भागबाट बढी पसिना आउँछ, घरबाट बाहिर निस्कनु भन्दा पहिला केही समय सम्म त्यस्ता अङ्गहरूमा बर्फ लगाएर राख्नुहोस् । यसो गर्नाले अधिक पसिना आउँदैन ।
२. यदि तपाईंलाई पैतालामा अधिक पसिना आउँछ भने एक भाँडामा पानी लिनुहोस् र यसमा दुई चम्चा फिटकिरीको पाउडर हाल्नुस् । अब यो भाँडोमा २–५ मिनेट सम्म आफ्नो पैतालाई डुबाएर राख्नुहोस् ।
३. जुन कपडा लगाएर दिनभरी घुम्नुहुन्छ त्यो कपडालाई धोएर मात्र दराजमा राख्नुहोस् ।
४. ज्यादा समय लगाएको कपडा नधोइकन दराजमा राख्नाले त्यसमा दुर्गन्ध फैलाउने किसिमका व्याक्टेरिया सक्रिय हुन जान्छ । यो दुर्गन्ध अर्को सँगै रहेको कपडामा पनि सर्न सक्छ ।
५. यो मौसममा सिन्थेटिक कपडा नलगाउनुहोस् । गर्मीमा सकेसम्म सुती कपडा नै लगाउनुहोस् । कपडा सकेसम्म शरीरमा एकदमै टाइट हुने नलगाउनुस् ।
६. शरीरको सरसफाइलाई एकदमै ध्यान दिनुहोस् ।
७. नुहाउनको लागि निम साबुन या एन्टी ब्याक्टेरियल साबुनको प्रयोग गर्नुहोस् ।
८. भुटेको, तारेको, मसलायुक्त खाना नखानुहोस् ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM