05:22:30 pm 18-May-2019

उखु खानुको ७ आश्चर्यजनक फाइदाहरू


उखु खानुको ७ आश्चर्यजनक फाइदाहरू

१. आइरन र कार्बोहाइड्रेटको मात्रा प्रचूर मात्रामा पाइने भएकोले उखुको रसले तुरुन्त स्फूर्ति प्रदान गर्छ । यसमा धेरै प्रकारका खनिज तत्व र अर्गानिक एसिड हुने कारण यसको औषधीय गुणको महत्व छ ।
२. उखुको रस पेट, दिमाग, किड्नी, आँखा, मुटुको लागि विशेष लाभदायक हुन्छ । तर, यसको रस पिएको बखतमा ध्यान दिनुस् कि उखुको रस हमेशा ताजा र छानेको हुनुपर्छ ।
३. ज्वरो आउँदा यसको रस पिउनाले ज्वरो निको हुन्छ । तर, रस एकदमै ताजा हुनुपर्छ राखेको हैन ।
४. एसिडिटीको कारणले पेट पोलेको छ भने पनि उखुको रस लाभदायक हुन्छ । यसमा थोरै कागती, पुदिना र कालो नुन मिलाएर सेवन गर्नुहोला ।
५. उखुको रसको सेवन यदि कागतीको साथमा गरियो भने जण्डीस पनि छिटै ठिक हुन्छ । जण्डीसको बिमारीलाई विशेष गरेर उखुको रस पिलाइन्छ ।
६. दुब्लो मानिसको लागि पनि उखुको रस एकदमै फाइदाजनक हुन्छ । यसले शरीरको वजन बढाउनमा मद्दत गर्छ र यसमा प्राकृतिक चिनीको मात्रा पनि पाइन्छ ।
७. उखुलाई दाँतले चुसेर खानाले कमजोर दाँत मजबुत हुन्छ । यो दाँतलाई मजबुत पार्ने एक राम्रो उपाय हो ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM