06:42:49 am 25-Mar-2019

कतै गलत समयमा कफी पिइरहनु भएको त छैन ? कुन समय उचित हुन्छ त ?


कतै गलत समयमा कफी पिइरहनु भएको त छैन ? कुन समय उचित हुन्छ त ?

१. यदि तपाईं बिहानको समयमा कफी पिउनु हुन्छ भने, तपाईंले यो जान्न जरूरी छ कि यो समयमा विशेष गरेर बिहान ८ देखि ९ बजेको समयको आसपास स्ट्रेस हार्मोन कार्टीसोल चरम सीमामा हुन्छ । यदि यो समयमा तपाईं कफी पिउनु हुन्छ भने तपाईंको स्ट्रेस लेवल कम हुनुको वजाय बढी हुन्छ ।
२. यदि कुनै समयमा कफी पिउने बानी बसेको छ भने तपाईंलाई आफूलाई उर्जावान् राख्नको लागि ज्यादा कफी प्रयोगको आवश्यकता महसुस हुन्छ र तपाईं बढी मात्रामा केफीनको प्रयोग कर्ता बन्नुहुनेछ । यो एक किसिमको लत जस्तै हो ।
३. यदि तपाईं दिनमा १० बजेदेखि ११ः३० बजे भित्र कफी पिउन मन पराउनु हुन्छ या तपाईंको आदत बनिसकेको छ भने यो राम्रो समय हो किनभने यो समयमा तपाईंको कार्टिसोलको स्तर कम हुन्छ । यो समय कफी पिउनु सुरक्षित मानिन्छ ।
४. यदि तपाईं १२ बजे देखि १ बजेको भित्र कफी पिउनु हुन्छ भने ख्याल गर्नुहोस् यो समयमा फेरी कार्टिसोल माथि उठ्छ । यो समयमा कफी पिउनु नोक्सान दायक हुन्छ ।
५. १ बजे पछाडि शरीरमा कार्टिसोलको स्तर कम हुन शुरू हुन्छ । अतः १ बजे देखि साँझ ५ बजेको बीचमा तपाईं कुनै पनि समयमा कफी पिउन सक्नुहुन्छ । यो समयमा कुनै नोक्सानी बिना कफीले शरीरमा उर्जा प्रदान गर्छ ।
६. कति व्यक्तिहरूको खानाको साथमा, खाना खानु भन्दा अगाडी कफी पिउने बानी हुन्छ यस्तो बानी शरीरको लागि नोक्सानदायक हुन्छ । किनकि यसले शरीरमा आइरनको अवशोषणमा बाधा पु-याउँछ ।
७. खाना खानु र कफी पिउनु यो बीचमा कमसेकम १ घण्टाको समय राख्नु उचित हुनेछ । यदि तपाईं एनिमियाको रोगी हुनुहुन्छ भने तपाईंले यो कुरामा अझ बढी ध्यान दिन जरूरी हुन्छ । राती कफी पिउनाले तपाईंको निन्द्रा पनि खराब हुन सक्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM