05:22:29 pm 18-May-2019

राती अबेर खाना खाँदा हाम्रो शरीरमा के कस्तो प्रभाव पर्छ त?


राती अबेर खाना खाँदा हाम्रो शरीरमा के कस्तो प्रभाव पर्छ त?

स्वस्थ जीवनको लागि सही समयमा सुत्नु, बिहान सही समयमा उठ्नु र सही समयमा भोजन गर्नु आवश्यक छ । तर, अहिले हाम्रो व्यस्तताको कारण हाम्रो पूरै जीवनशैली प्रभावित भएको । यसको कारण हामी दिन प्रतिदिन रोगी हुँदै गइरहेका छौं । यसैमा राती अबेर खाना खानाले हाम्रो शरीरमा पर्ने प्रभावको बारेमा केही जानकारी
१. पाचन शक्ति– यदि तपाईं राती अबेर खाना खानु हुन्छ भने यसको असर तपाईंको पाचन शक्तिमा पर्छ । यसले पाचन शक्तिमा ह्रास आउँछ जसको कारणले खाना ठिक सँग पच्दैन । जसको कारणले कब्जियत, पेट सफा नहुने, पाइल्स, कोलोनको बिमारी हुन सक्छ ।
२. मोटोपना– राती अबेर खाना खाएर खाना खाने बित्तिकै सुत्नाले खाना सहज रुपमा पच्न सक्दैन । नपचेको भोजन कोलेस्ट्रोलको रुपमा जम्मा हुन्छ जुन मोटोपनको कारण हो ।
३. अनिन्द्रा– राती अबेर खाना खानाले न त भोजन पच्छ न त राम्रोसँग निन्द्रा नै लाग्छ । राती राम्रोसँग निन्द्रा लाग्न पनि भोजन राम्रोसँग पच्न जरूरी छ ।
४. चिडचिडापन– यदि तपाईं राम्रोसँग निदाउनु हुन्न भने तपाईंको दिमागले पर्याप्त मात्रामा आराम पाउँदैन । जसको कारण हामीमा चिडचिडापनको समस्या हुन सक्छ ।
५. राती अबेर गरिने भोजनको कारणले पेटमा एसिडिटी बढेर पेट पोल्न थाल्छ । जसको असर हाम्रो मुटुमा र हाम्रो ब्लड प्रेशरमा पनि असर पर्न सक्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM