09:01:37 pm 15-Jun-2019

अंकुरित चनाको सेवन गर्दा हुने आश्चर्यजनक फाइदाहरू


अंकुरित चनाको सेवन गर्दा हुने आश्चर्यजनक फाइदाहरू

१. कालो चना स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुन्छ । यसको प्रयोग जुनसुकै रुपमा भएपनि यो स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ । तर, चनालाई अंकुरित गरेर खाएमा यसको फाइदा बढी हुन्छ ।
२. कालो चना फाइबरले भरिएको हुन्छ । यसलाई भिजाएर खानु पेटको लागि एकदमै फाइदाजनक हुन्छ । कब्जियतको समस्यामा पनि यो एकदमै लाभदायक हुन्छ । तर यसको प्रयोग बोक्रा नफालीकन गर्नुपर्छ ।
३. सुस्ती र थकानबाट बचाउन पनि कालो चनाले एकदमै मद्दत गर्न सक्छ । भनिन्छ चना खानाले घोडाको जस्तो फूर्ति आउँछ । यदि सधैं उर्जावान् हुन चाहनुहुन्छ भने प्रतिदिन अंकुरित चना खानुस् । केही दिनमै तपाईं स्फूर्ति हुन सक्नुहुनेछ ।
४. यदि तपाईंलाई डायविटिज र ब्लड शुगरको समस्या छ भने कालो चना तपाईंको लागि एक सुरक्षित आहार हुन सक्छ । यसले रगतमा शुगरको मात्रालाई नियन्त्रित गर्छ । यसको लागि बिहान खाली पेटमा अंकुरित चनाको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।
५. एनिमियाबाट बच्नको लागि पनि चना औषधी जस्तै हो । यसको प्रयोग गुणको साथमा गर्नु राम्रो हुन्छ । यसको प्रयोगले शरीरमा आइरनको कमी हुँदैन । यसमा पाइने फोस्फोरस र आइरन नयाँ रक्त कोशिकालाई बनाउनमा सहायक हुन्छ र यसले हेमोग्लोबिनको स्तर पनि बढाउँछ । जसको कारणले एनिमियाको सम्भावना कम हुन्छ ।
६. युरीन सम्बन्धी रोगमा पनि कालो चना एकदमै फाइदाजनक हुन्छ । यसलाई अंकुरित गरेर मात्र हैन भुटेर खाँदा पनि पटक पटक पिसाब लाग्ने समस्यामा राहत मिल्छ ।
७.चनालाई रातमा चिनियाँ माटोको भाँडामा भिजाएर बिहान सेवन गर्नु पुरुषको लागि एकदमै फाइदाजनक हुन्छ । यसले शरीरको कमजोरी टाढा भाग्नुको सट्टा अन्य समस्या पनि समाप्त भएर जान्छ । यसको साथमा दूधको सेवन पनि गर्न सकिन्छ ।
८. छालाकोे रङ्ग निखार्नको लागि पनि यसको प्रयोग गर्न सकिन्छ । यसको लागि भिजेको चनालाई दूधको साथमा पिसेर यसमा मह र बेसार मिलाएर लगाउनाले छालाको रङ्ग सफा हुन्छ र छाला चम्किन थाल्छ ।
९. रातमा चनाको दाललाई भिजाएर बिहान पिसेर चिनी या पानी मिसाएर पिउनाले मानसिक तनावमा काफी राहत मिल्छ ।
१०. चिसो मौसममा कालो चनालाई भिजाएर खानाले शरीरमा तातोेपना उत्पन्न हुन्छ । र बाथ रोग र जोर्नीको समस्या हुँदैन ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM