10:02:23 am 19-Apr-2019

के घाम ताप्नाले ठीक हुन सक्छ ब्लड क्यान्सर, सोधले के भन्छ ?


के घाम ताप्नाले ठीक हुन सक्छ ब्लड क्यान्सर, सोधले के भन्छ ?

घाम ताप्नु हाम्रो शरीरको लागि लाभदायक हुन्छ । तनाव, अनिन्द्रा जस्तो समस्याको अलावा यदि तपाईं ब्लड क्यान्सरबाट बच्न चाहनुहुन्छ भने घाम ताप्नु अनिवार्य हुन जान्छ । हालसालै आएको एक सोधले यो कुरा अगाडी ल्याएको छ । सोधको अनुसार भिटामिन डीको पर्याप्तता ब्लड क्यान्सरबाट बचाउनको लागि सहायक हुन्छ । भिटामिन डी को महत्वपूर्ण स्रोत नै सूर्यको प्रकाश मानिन्छ ।
हालसालै ब्लड क्यान्सर यानि ल्यूकेमियाको तथ्यांकलाई लिएर गरिएको सोधमा यो कुरा अगाडी आएको छ । बैज्ञानिकद्धारा ब्लड क्यान्सरलाई लिएर यो सोध विश्वको १३२ देशको आँकडा लिएर गरिएको थियो ।
विशेष गरेर यी देशहरूमा त्यस्ता देशहरूलाई अध्ययन गरिएको थियो । जहाँ सूर्यको प्रकाश या त पर्याप्त मात्रामा पाइन्छ या त अपर्याप्त मात्रामा पाइन्थ्यो । सोधमा आएको निष्कर्षको आँकडामा यो पाइयो कि जुन देशमा सूर्यको प्रकाश भरपूर मात्रामा पाइयो त्यहाँका व्यक्तिमा भिटामिन डीको कमी थिएन र यी देशमा ब्लड क्यान्सरको बिमारी पनि कमि थिए ।
यसैगरी जुन देशमा सूर्यको प्रकाश कम मात्रामा मिल्थ्यो त्यहाँका व्यक्तिहरूमा भिटामिन डीको कमी पाइएको थियो साथै ब्लड क्यान्सरका बिमारीको संख्या पनि अधिक मात्रामा भेटिएको थियो । यसको अनुसार यो भन्न सकिन्छ कि भिटामिन डीको कमीको कारणले गर्दा ब्लड क्यान्सरको खतरा हुन्छ ।
यही सोधको आधारमा क्यालिफोर्निया युनिभर्सिटीको सहायक प्राध्यापक सेड्रिक गारलैंड भन्छन् ब्लड क्यान्सरमा लगातार हुने बढोत्तरीमा एक प्रमुख कारण भिटामिन डीलाई मान्न सकिन्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM